भेरी अस्पतालमा कैलालीका कोरोना संक्रमित पुरुषको मृत्यु

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका-१ का ३७ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति ९:५० बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि चैत ३० गते पीसीआर परीक्षण गरिएकोमा सोही दिन उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना संक्रमण पुष्टि भएसँगै भेरी अस्पतालको कोभिड विशेष वार्डमा भर्ना गरिएको उनको उपचारको क्रममा मंगलबार राति मृत्यु भएको उनले बताए । ओलीका अनुसार योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

भेरी अस्पतालमा कैलालीका कोरोना संक्रमित पुरुषको मृत्यु

बन्द प्रशिक्षणमा ३२ खेलाडी छानिए (नामावलीसहित)

भेरी अस्पतालमा कैलालीका कोरोना संक्रमित पुरुषको मृत्यु

नवौं महिनापछि १ खर्ब नाघ्यो पुँजीगत खर्च

Leave a comment

Your email address will not be published. Required fields are marked *