महन्थ–राजेन्द्र पनि निकटस्थ सांसदहरूसँग छलफलमा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।  जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँगको भेटवार्तापछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। ४ बजेका लागि देउवाले बैठक बोलाएका सहमहामन्त्री प्रकाशशरण महताले जानकारी दिए ।

राष्ट्रपतिले नयाँ सरकार बनाउनका लागि आज बेलुका ९ बजेसम्मको सयम दिएपछि देउवाले आफ्नो नेतृत्वको सरकार बनाउन पहल गरिरहेका छन्। जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव भने देउवा नेतृत्वको सरकार निर्माणको पक्षमा सकारात्मक छन् ।

तर, अध्यक्ष ठाकुरले भने तटस्थ बस्ने अडान राखिरहेका छन्। ठाकुर पक्षले समर्थन नगरे देउवाको नेतृत्वमा सरकार बन्ने सम्भावना टुंगिन्छ। तर, अध्यक्ष ठाकुर देउवाले समर्थन गरेर आफ्नै नेतृत्वको सरकार बनाउने दाउमा छन्।

उनले देउवासँग छलफल गरेर फर्केलगत्तै आफूनिकटका सांसद्हरुको बैठक बोलाएर छलफलमा जुटेका छन्। नयाँ सरकार बनाउन राष्ट्रपतिले दिएको समय गुज्रँदै जाँदा नेताहरुको तीव्र दौडधुप चलिरहेको छ ।

महन्थ–राजेन्द्र पनि निकटस्थ सांसदहरूसँग छलफलमा

६० प्रतिशत छायांकन सकेर ‘प्रेमगन्ज’ टिम काठमाडौंमा

महन्थ–राजेन्द्र पनि निकटस्थ सांसदहरूसँग छलफलमा

अमेरिकाले स्वास्थ्य सामग्री सहयोग गर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *