विपद् कोषमा सिद्धार्थ बैंकको १० लाख सहयोग

सुर्खेत । सिद्धार्थ बैंकले कोरोना नियन्त्रण तथा रोकथामका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ । कर्णाली प्रदेश सरकारले स्थापना गरेको कोरोना विपद् व्यवस्थापन कोषमा बैंकले १० लाख रुपैयाँ सहयोग गरेको हो ।
बुधबार बैंकको म्यानेजर रञ्जन कोइराला लगायतको टोलीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छ ।

कर्णाली प्रदेशमा रोकथाम र नियन्त्रणमा सहज होस् भनेर बैकले सो रकम सहयोग गरेको हो । अघिल्लो बर्ष पनि बैकले विपद् व्यवस्थापन कोषमा १० लाख रुपैयाँ सहयोग गरेको थियो ।






