कोभिडले सिम्तिगैरा प्रा.विका प्रअ बस्नेतकाे मृत्यु

दुर्गा विसि
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा,७ मा रहेको सिम्तिगैरा प्राथमिक विद्यालयका प्रधानाध्यापक मानवहादुर वस्नेतको उपचारकै क्रममा मृत्यु भएको छ ।
दुई दिन नगरको अस्थाई आइसुलेसनमा उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियोे ।
गय राति २ वजेको समयमै वस्नेतको मृत्यु भएको जनाएको छ । बस्नेत बनगाड कुपिण्डे वडा,७ मा रहेको वालकल्याण प्राबि सिम्तिगैराका प्रअ हुन ।






