हाम्राओलीबाको ध्यान पनि खालि सेलिबे्रटि कसरी बन्ने र चर्चाको शिखराँ पुग्ने भन्ने मात्रै हुँदो रैछत नी

हाम्राओलीबाको ध्यान पनि खालि सेलिबे्रटि कसरी बन्ने र चर्चाको शिखराँ पुग्ने भन्ने मात्रै हुँदो रैछत नी । जब भारताँ कोरोनाका विरामीको संख्याले डाँडो नाघ्यो, तब ओलीबालाई कोरोनाको औषधि फुरि हाल्यो ।
र एउटा कार्यक्रमा भन्दिनुभो कि लहै कोरोना लाग्न नदिने औषधि भन्या बेलौतीको पात हो । बेलौतीको पात खानोस्, कोरोनाट बच्नोस् भनेर ओलीबाले भाषण गरेछि त्यो बेलौतीका नि अब दिन आउने भए भन्ने हाम्लाई लाइराछ । अघिल्लो पटक ‘बेसार पानी ’को चर्चाले तहल्का पिट्यो । अब बेलौतीले पिटने भो ।
हुनत कतै काम विग्रियो भने हाम्ले बेलौती भो भन्छम् । तर अब त त्यसो भन्न नपाइने होला किन त भन्दा अब त बेलौती भन्या त साइबर सेना र युवासंघको निम्ति प्रिय बस्तु बन्यो । किनत भन्दा ओलीबाले बेलौती जो भन्नु भो । अब ओलीबाले कोरोना खोप ल्याउने कुरा त त्यस्तै हो । तर बेलौती चाइँ ल्याउने नै भए ।

ओलीबा मान्छे तपाइँ अल्लि डेन्जरै हो के ! बेलौती शीर्षक राखेर चुटकिला बनाउनु नै थ्योभने कोरोना औषधि बेलौती हो है, सबले त्यै खानु कोरोना भाग्छ । ऐलेलाई खोपसोप ल्याउन सकिन्न बेलौती खानु भन्द्याभा कमसेकम मान्छेले फल बेलौती त खोज्थे होला नी ।
तपाइँले बेलौतीको पात भन्दिनु भो, अनि बेलौती खेती गरेर पैसा कमाम्ला भनेर खेती शुरु ग¥या मान्छेलाई कति गाह्रो भा होला । तपाइँ चुडकिला त बनाउनु हुन्छ, तर कहिलेकाँही किसान मारुवा चुटकिलानी बनाउनु हुन्छ के अब त्यसो नगर्नोस् हुन्न ! अघिल्लो बर्ष बेसार बेच्नेलाई मौका दिनुभो । यो बर्ष बेलौती बेच्नेलाई मौका मिल्दैछ ।
अर्कोपटकका लागि चाइँ हामी कर्नालीबासीको खेतीपातीलाई मौका दिनुहोला है । हाम्रो मुख्य मन्त्रीले तितेपाती बेचेर करोडपति बन्ने भन्नुभाछ त्यसैले कर्नालीको अर्गानिक तितेपातीले कोरोना सन्चो हुन्छ भन्दिनु पर्ला । त्यसपछि त हामी नी तितेपाती बेचेर कोरोना साहू भनेर चिनिम्ला हुन्न ।
त्यसो हुन सक्यो भने ‘समृद्धिको आधार तितेपातीको ब्यापार’ भनेर हामी साइबर सेना र युवा संघलाई गाउँ गाउँमा डुलाम्ला त आखिर ‘ओलीको सरकार २० बर्षे कार्यकाल’ भनेर तपाइँका अरिङ्गालहरले नारा लाकै छन् ।
हामी नी ‘ओलिबाको बेलौती कोरोना ओखती ’भन्दिम्ला त्यत्तिभन्नलाई हाम्रो के जान्थ्यो र बरु बेलौती बेलौती भन्दा भन्दै कोरोनाले पो घिसार्ने हो कि डर त त्यता पो ला छ त !
वेदर्षि






