विज्ञापन क्षेत्रका विकृति र विसंगति अन्त्य गर्छौं : अध्यक्ष हुमागाईं

विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसंगतिहरुको अन्त्य गर्ने बताएका छन् ।
मंगलबार बबरमहलस्थित विज्ञापन बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष हुमागाईंले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसंगतिहरुको अन्त्य गरिने बताए ।
बोर्डको प्रमुख उद्देश्य विज्ञापन बजारको विस्तार गर्ने, विज्ञापनरहित नीतिको कार्यान्वयन र अवैध रुपमा विज्ञापन भइरहेका क्षेत्रहरुमा नियमन र नियन्त्रण गर्ने रहेको बताए ।

उनले सरोकारवालाहरुसँग छलफल गर्दै नीति निर्धारण गर्ने र व्यवस्थित रुपमा सञ्चालन गर्ने बताए। बोर्डले सरकारी विज्ञापनको व्यवस्थापनका साथै महत्वपूर्ण मिडिया क्याम्पियन सञ्चालन गर्ने पनि बताए ।
अध्यक्ष हुमागाईंले लोककल्याणकारी विज्ञापनलाई बोर्डले व्यवस्थित बनाउने बताए । केन्द्र, प्रदेश तथा स्थानीय स्तरको विज्ञापनको काम व्यवस्थित र संवेदनशील भएर सञ्चालन गर्ने पनि बताए ।






