भारतमा एकै दिन १ लाख ६० हजारमा कोरोना संक्रमण, ८८० जनाको मृत्यु

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६० हजार कोरोना संक्रमित थपिएका छन् । केही दिनयता निरन्तर संक्रमित बढ्दै आएको भारतमा कुल संक्रमितको संख्या १ करोड ३६ लाख ८६ हजार पुगेको छ ।

यस्तै‚ त्यहाँ पछिल्लो २४ घण्टामा ८८० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थपिएकासहित भारतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ लाख ७१ हजार पुगेको छ ।

टर्कीमा पछिल्लो २४ घण्टामा ५४ हजार ५०० कोरोना संक्रमित थपिएका छन् । यस्तै‚ अमेरिकामा ५१ हजार ५००, ब्रजिलमा ३८ हजार ६००, इरानमा २३ हजार र अर्जेन्टिनामा १९ हजार ४०० संक्रमित थपिएको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ब्रजिलमा १ हजार ७३८, अमेरिकामा ४५०, फ्रान्समा ३८५ र इटलीमा ३५८ सहित विश्वभर साढे ८ हजारभन्दा बढीको मृत्यु भएको छ। विश्वभर हालसम्म १३ करोड ७२ लाख मानिसमा कोरोना संक्रमण पुष्टि हुँदा २९ लाख ५८ हजार मानिसको मृत्यु भएको छ। ११ करोड ४ लाख मानिस संक्रमणमुक्त भएका छन् ।

भारतमा एकै दिन १ लाख ६० हजारमा कोरोना संक्रमण, ८८० जनाको मृत्यु

एन्फा नेतृत्वकै आडमा नेपाली फुटबलमा अफ्रिकी टिमको

भारतमा एकै दिन १ लाख ६० हजारमा कोरोना संक्रमण, ८८० जनाको मृत्यु

म्यानमारमा रक्तपात : ७ सय १ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *