सुपर कपको उपाधि चेल्सीले जित्यो

एजेन्सी : यूईएफए सुपर कपको उपाधि चेल्सीले जितेको छ। आज विहान भएको खेलमा भिल्ला रियललाई सडेनडेथमा हराउँदै चेल्सीले सिजनको पहिलो उपाधि जितेको हो।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। जहाँ चेल्सीले ६५ ले जित निकाल्न सफल भयो।

खेलमा अग्रता चेल्सीले २७ औं मिनेटमा हाकिम जियाचको गोलबाट लिएको थियो। ७३ औं मिनेटमा जेरार्ड मोरिनोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरका किपा अरिजाब्लागाले कप्तान राउल अल्बिओलको प्रहार रोकेपछि विन्डसर पार्कमा चेल्सी च्याम्पियन बनेको हो।

पहिलो हाफमा उत्कृष्ट प्रर्दशन गरेको चेल्सीका लागि खेलको अन्तिम समयमा किपा मैदान छिरेका थिए ।

चेल्सी गत सिजनको च्याम्पियन्स लिग विजेता हो भने भिल्ला रियल युरोपा लिग विजेता हो। युईएफले हरेक वर्ष सिजन सुरु हुनु अघि युरोपेली क्लब फुटबलका दुई ठुला प्रतियोगिताका विजेतालाई मैदान उतार्ने गर्छ ।

सुपर कपको उपाधि चेल्सीले जित्यो

लस एन्जलस ओलम्पिकमा क्रिकेट पनि

Leave a comment

Your email address will not be published. Required fields are marked *