अस्ट्रेलियाका ओलम्पिक खेलाडी क्वारेन्टाइनमा २८ दिन बस्नुपर्ने

काठमाडौं : अहिले विश्वका धेरै देश ओलम्पिकबाट फर्किएका आफ्ना च्याम्पियन खेलाडीको स्वागतमा व्यस्त छ। तर, अस्ट्रेलियाका खेलाडी भने आफ्नै देशमा अपमानित भएका छन्।

त्यहाँ सबै खेलाडीलाई कडा कोरोना प्रोटोकल नियम लागु गरिएको हो। अस्ट्रेलियाले १७ स्वर्णसहित कुल ४६ पदक जितेको छ।

ओलम्पिक खेल सकेर जापानबाट फर्किएका खेलाडीहरू एडिलेडमा कम्तिमा १४ दिनसम्म क्वारेन्टाइनमै बस्नुपर्नेछ। कुनै खेलाडीले टोकियोबाट सीधै एडिलेडका लागि हवाइ उडान नपाएमा भने २८ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यता छ।

‘राम्रो गर्दा सजाय’

अस्ट्रेलियाले टोकियो ओलम्पिकमा ५०० खेलाडी तथा प्रशिक्षक पठाएको थियो।

अझै ५६ खेलाडी फर्कन बाँकी छ। जहाँ १६ खेलाडी सिड्नीमा पहिलेबाटै क्वारेन्टाइनमा छन्।

अस्ट्रेलियन ओलम्पिक कमिटीका सीईओ म्याट क्यारोलले खेलाडीमाथि भएको व्यवहारको कडा आलोचना गरेका छन्‌। उनले अहिले अस्ट्रेलियन इन्स्टिच्युट अफ स्पोर्ट्सको सहयोगमा खेलाडीहरूको मानसिक अवस्थालाई ध्यानमा राख्ने काम भइरहेको बताए।

म्याटले भने, ‘जहाँ अन्य देशमा मेडल जितेको खुशी मनाइरहँदा हाम्रा खेलाडी भने क्रुरताको सामना गर्न बाध्य भएका छन्। हाम्रा खेलाडीले देशलाई गौरवान्वित बनाएको सजाय पाइरहेका छन्।’

सबै अस्ट्रेलियन खेलाडीले कोरोना भ्याक्सिनको दुबै डोज लगाएका थिए। टोकियोमा उनीहरूको हरेक दिन जस्तो टेस्ट पनि हुने गरेको छ।

त्यसबाहेक उनीहरूको एयरपोर्ट लगायतको ठाउँमा समेत टेस्ट गरिएको छ। तरपनि उनीहरूलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरिएको हो।

म्याटले २८ दिनको क्वारेन्टाइन १४ दिन बनाइदिन आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै खेलाडीमाथि यो भन्दा ठूलो अर्को सजाय नहुने बताए।

अस्ट्रेलियाका ओलम्पिक खेलाडी क्वारेन्टाइनमा २८ दिन बस्नुपर्ने

सुपर कपको उपाधि चेल्सीले जित्यो

अस्ट्रेलियाका ओलम्पिक खेलाडी क्वारेन्टाइनमा २८ दिन बस्नुपर्ने

४२ सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि लुम्बिनीका

Leave a comment

Your email address will not be published. Required fields are marked *