लस एन्जलस ओलम्पिकमा क्रिकेट पनि

काठमाडाैं : ओलम्पिक खेलकुदमा क्रिकेटलाई सहभागी गराउने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले जनाएको छ। सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा क्रिकेट सहभागी गराउन आइसिसीले एक वर्किङ ग्रुपसमेत बनाएको छ।

आइसिसीले अमेरिकामा ३ करोड बढी क्रिकेटप्रेमी रहेका भन्दै लस एन्जलस ओलम्पिक क्रिकेट डेब्युका लागि राम्रो निर्णय हुने बताएको छ। अमेरिकामा रहने दक्षिण एशियाली मानिसका लागि समेत लोकप्रिय हुने खेल भएकाले तथा इंग्ल्यान्ड अस्ट्रेलियालगायत देशका नागरिकसमेत अमेरिकामा रहने भएकाले लस एन्जलस ओलम्पिकमा क्रिकेट लोकप्रिय हुने विश्वास आइसिसीको छ।

आइसिसीका अध्यक्ष ग्रेग बार्कले क्रिकेट ओलम्पिकमा सामेल भएमा क्रिकेट खेल तथा ओलम्पिक दुवैका लगि राम्रो हुने बताए। उनले क्रिकेट खेलाडीसामु जितको नयाँ लक्ष्य हुने विश्वास पनि उनले लिए।

साथै ओलम्पिक क्रिकेट प्रेमिका माझमा थप लोकप्रिय हुने उनले बताए। क्रकेटले अहिलेसम्म केवल एकपटक ओलम्पिकमा भाग लिएको छ। सन् १९०० मा फ्रान्समा भएको दोस्रो मोर्डन ओलम्पिकमा क्रिकेट सहभागी गराइएको थियो। जतिबेला इंग्ल्यान्ड र फ्रान्सले प्रतिस्पर्धा गरेका थिए। जहाँ इंग्ल्यान्डले गोल्ड जित्दा फ्रान्सले सिल्भर जितेको थियो।

लस एन्जलस ओलम्पिकमा क्रिकेट पनि

पोस्टर त उक्काए, मेस्सीको सम्झना र सफलता

लस एन्जलस ओलम्पिकमा क्रिकेट पनि

सुपर कपको उपाधि चेल्सीले जित्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *