पोस्टर त उक्काए, मेस्सीको सम्झना र सफलता उक्किएलान् ?

एजेन्सी । सोमबार विश्वभरका सञ्चारमाध्यमको नजरमा थिए लियोनेल मेस्सी। कारण उनी बार्सिलोनाबाट पिएसजी उड्दै थिए। जब उनी पेरिस पुगे, उनको स्वास्थ्य परिक्षण गरियो।

लगत्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग मेस्सीले दुईवर्षे सम्झौतापत्रमा हस्ताक्षर गरे। यसको मतलब, मेस्सीले २१ वर्षदेखि बार्सिलोनासँग जोडेको सम्बन्धको औपचारिक अन्त्य भयो।

जब मेस्सी बार्सिलोनाबाट पेरिस उड्ने पक्का भयो। यता नोउक्याम्पमा मेस्सीको पोस्टरहरू उकाउन थालियो। यो समाचारले पनि उत्तिकै स्थान लियो। धेरैले मेस्सीको पोस्टर उक्काए। तर उनका सम्झना र उनले दिलाएका सफलताबाट मेस्सीको नाम उक्किएला? भन्दै प्रश्नहरू गरे।

नगरून् पनि किन? सबैभन्दा सफल बार्सिलोना मेस्सी युगमै भयो। त्यसैले समर्थकहरूलाई अझै पनि पछिल्ला घटना सपनाजस्तै लागिरहेका छन्। तर अब सत्य हो, मेस्सीले भावविह्वल भएर छोडेको बार्सिलोनाले हरेक हारमा मेस्सी सम्झनेछ। साथै हरेक उपाधिमा पनि उसले मेस्सीलाई सम्झनेछ। साथै मेस्सीले पिएसजीका लागि उपाधि जित्दै गर्दा बार्सिलोना मिस गर्नेछन्।

१७ सेप्टेम्बर २००० अर्जेन्टिनाको रोसारियोबाट उडेपछि १३ वर्षीय किशोर मेस्सी बुवासँगै पहिलो पटक बार्सिलोना पुगेका थिए। बार्सिलोनाको जुनियर एकेडेमी ‘ला मासिया’मा पर्नु पनि आफैंमा सजिलो प्रक्रिया पनि थिएन। त्यसमा पनि उनी नबढ्ने रोगका कारण उपचारको खोजीमा समेत बार्सिलोना पुगेका थिए। महँगो उपचारसँगै उनले जुनियर एकेडेमीमा स्थान बनाउनुपर्ने थियो। जुन औसत खेलाडीको बुताबाहिरको कुरा थियो।

त्यसैले सुरुवातमा उनी जुनियर क्लबमा फुटबलसँगै उपचारका लागि पनि आएका छन् भन्दा स्वाभाविक रूपमा बार्सिलोनाका सिनियर प्रतिनिधिहरूले नाक खुम्च्याए। तर जब उनले आफ्नो ट्रायलमा सबैलाई जादु देखाए। बार्सिलोना उनको अद्भूत कला देखेर टिममा राख्न सहमत भएको थियो।

बार्सिलोनामा त्यसपछि मेस्सीले फर्कनुपरेन। २००४ मा १७ वर्षको उमेरमा सिनियर टिमबाट डेब्यु गरे। त्यसयता २१ वर्ष बार्सिलोनालाई सबै उपलब्धि दिलाए। उनी विश्वप्रसिद्ध खेलाडीको रूपमा आफूलाई उभ्याउन सफल भए। करोडौं फ्यानका ढुकढुकीमा बसिरहेका छन्।

बार्सिलोनामा ७७८ खेलमा रेकर्डेड ६७२ गोल गरेका छन्। जसमा १२० गोल च्याम्पियन्स लिगमा गर्दा ४७४ गोल लालिगामा सम्भव बनाएका छन्। उनी युरोपकै प्रतिष्ठित गोल्डेन सु अवार्ड टप स्कोरर (६ पटक) बन्न सफल भए।

उनले बार्सिलोनाबाट सबैखाले उपाधि जिते। ३५ उपाधि जित्दा युरोपकै प्रतिष्ठित च्याम्पियन्स लिग ४ पटक जित्दा लालिगा १० पटक जिते। त्यस्तै कोपा डेल रे ७ पटक जित्दा युइएफए सुपरकप ३ पटक तथा क्लब विश्वकप ३ पटक जिते।

व्यक्तिगत रूपमा उनले सबैखाले उपलब्धि हात पारेका छन्। ६ पटक प्रतिष्ठित बालोन डिओर नै जिते। जब पेप गार्डिओला सन् २००८ मा क्याम्प नोउमा आए, त्यसपछि मेस्सीको लय फेरियो। अर्को वर्ष २००९ मा बार्सिलोनाले ६ ट्रफी जित्दा मेस्सी विश्वको नजरमा प्रभावशाली खेलाडीका रूपमा स्थापित भएका थिए।

२०११ र २०१५ मा दुई च्याम्पियन्स लिग ट्रफी हात पार्न बार्सिलोना सफल भयो। साथै ला लिगामा एकछत्र बार्सिलोनाले राज गर्‍यो। २०१५ देखि २०१९ सम्म ६ सिजनमा बार्सिलोनाले ५ पटक ला लिगा जित्यो।

तर जारी सिजन बार्सिलोनाले क्लब र मेस्सी दुवैको चाहनाका बाबजुत बित्तीय र संरचनागत जटिलताका कारण सम्झौता हुन नसकेको जनायो। कतिपयले बार्सिलोनाले अन्तिम समयमा मेस्सीलाई क्लबमै राख्छ भन्ने विश्वास पनि गरेका थिए।

तर जब मेस्सीले आफैं पत्रकार सम्मेलन गरेर चाहेर पनि क्लबमा बस्न नसकेको भन्दै भावविह्वल भए। त्यसपछि मात्रै हो, समर्थकले मेस्सीले क्लब छाड्ने विश्वास गरेको। अझ अन्तिमसम्म क्लबमा बस्ने आश नमारेका समर्थकहरू त नोउक्यम्पमा मेस्सीका लागि प्रार्थना गरिरहेका थिए।

तर सबै सम्भावनाको औपचारिक रूपमा अन्त्य गर्दै उनी पेरिस पुगे र नयाँ सम्झौता गरे। पेरिस जाने पक्का भएसँगै उनको पोस्टरहरू नोउक्याम्पबाट हटाइयो। तर बार्सिलोनाको जीवनबाट मेस्सी हट्ने छैनन्। हरेक ट्रफीले उनको सम्झना बार्सिलोनालाई ताजा बनाउने छ। उनले दिलाएका उपलब्धि सायदै अर्का खलाडीले बार्सिलोनालाई दिलाउला।

मेस्सीको बार्सिलोनामा रेकर्ड

बार्सिलोना इतिहासमै सर्वाधिक ३५ ट्रफी
लालिगामा सर्वाधिक ४७४ गोल
बार्सिलोनाका सर्वाधिक गोलकर्ता ६७२
विश्व प्रतिष्ठित बालोन डिओर ६ पटक
युरोपको प्रतिष्ठित गोल्डेन सु अवार्ड ६ पटक
लालिगामा सर्वाधिक धेरै ३८३ जित
लालिगामा सर्वाधिक ३५ ह्याट्रिक
बार्सिलोनाका लागि लालिगामा धेरै ५२० खेल
च्याम्पियन्स लिगको एकै खेलमा ५ गोल
एकै सिजनमा लालिगामा ५० गोल
एकै क्यालेन्डर इयरमा ९१ गोल
सर्वाधिक ८ पटक पिचिची अवार्ड
लालिगाको एकै सिजनामा सर्वाधिक २१ असिस्ट
लालिगामा लगातार २१ खेलसम्म गोल
लालिगामा सर्वाधिक ३८ टिम विरुद्ध गोल
च्याम्पियन्स लिगमा सर्वाधिक ३६ विपक्षीविरुद्ध गोल

पोस्टर त उक्काए, मेस्सीको सम्झना र सफलता उक्किएलान् ?

जुम्लाको खलंगा बजारमा एकाबिहानै भालु आतंक

पोस्टर त उक्काए, मेस्सीको सम्झना र सफलता उक्किएलान् ?

लस एन्जलस ओलम्पिकमा क्रिकेट पनि

Leave a comment

Your email address will not be published. Required fields are marked *