सल्यानको कपुरकोटमा होल्डिङ सेन्टर निर्माण

सल्यान : कर्णाली प्रदेशको नाका सल्यानको कपुरकोटमा होल्डिङ सेन्टर निर्माण गरिएको छ।

भारतलगायत तेस्रो मुलुक तथा अन्तर जिल्लाबाट आएका नागरिकलाई कोरोना संक्रमण परीक्षण अवधिसम्म राख्न होल्डिङ सेन्टर निर्माण गरिएको हो।

कर्णाली प्रदेश सरकारको सहयोगमा गाउँपालिकाको वडा नं. ३ स्थित प्रहरी चेक पोष्ट नजिकै भवन निर्माण गरिएको छ।

सम्भावित कोरोना संक्रमण जोखिमलाई मध्यनजर गरेर होल्डिङ सेन्टर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष भीम बहादुर सेनले बताए। होल्डिङ सेन्टर सञ्चालनमा ल्याउन अझै पनि समस्या रहेको बताउँदै यसको व्यवस्थापनमा सबैका साथ र समन्वय आवश्यक रहेको उनको भनाइ छ।

२५ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। २० मिटर लम्बाइ र साढे ७ मिटर चौडाइ रहेको भवन निर्माण गरिएको गाउँपालिकाका इन्जिनियर भुपेन्द्र यरीले बताए।

सल्यानको कपुरकोटमा होल्डिङ सेन्टर निर्माण

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

सल्यानको कपुरकोटमा होल्डिङ सेन्टर निर्माण

हरियो साउन !

Leave a comment

Your email address will not be published. Required fields are marked *