हरियो साउन !

कुसुम विसुङ्के । साउन महिनाको सुरुवात सँगै महिलाले हरियो चुरा लगाएको देख्नुभएको होला । साउन महिनाभरी मानिसहरु हरियो लुगा लगाउन रुचाउँछन् । वास्तवमा यसको धार्मिक महत्व छ ।

यो महिना मा हरियो रंग प्रयोगमा ल्याउँदा यसले भाग्यलाई प्रभावित पार्ने बताइन्छ । महिलाहरूको महान् चाड तीज पनि आउँदैछ। घरबाट निस्केर यसो बजारतिर हिँड्नुपर्छ, महिलाहरूले रातो वा हरियो कपडा लगाएर हातमा मेहन्दी, गलामा पोते, नाडीमा चुरा लगाएको देख्न सकिन्छ ।

श्रावणको महिना हामी हिन्दूहरूका लागि शिवजीको आशीर्वादको रूपमा एकदम शुभ मानिन्छ। किम्वदन्ती अनुसार जसले श्रावण महिनामा साँचो मनले भगवान् शिवलाई पुज्ने गर्छ, उसको सबै चाहना पूरा हुन्छ, अनि शिवजीको वरदानको रूपमा आफूले चाहेको जीवनसाथी प्राप्त हुन्छ रे ।

भनिन्छ, श्रावण महिनामा पर्ने सबै सोमबार एकदम शुभ हुन्छ, त्यही भएर नारीहरूले आफ्नो श्रीमानको लामो आयुका लागि व्रत बस्छन्, आजकाल त पुरुषहरूले पनि आफ्नो जीवनसङ्गिनीका लागि पनि व्रत बस्ने गर्दछन् ।

श्रावणको महिना आएको हामीले धेरै दिन अगाडिदेखि थाहा पाउन सक्छौँ। महिलाहरूको अनुहारमा एकदम भिन्न चमक आउने गर्दछ। किनकि नारीहरूको महान् चाड भनेको नै तीज हो अनि श्रावण महिनाले महत्वपूर्ण भूमिका निभाउँछ। हरियो रंग सौभाग्यको रंग हुने गर्दछ । साउन महिनाको आगमनसँगै हरेक स्थानमा हरियाली देख्न सकिन्छ । वास्तवमा यो पूरा महिना प्रकृतिलाई आफूसँग जोड्ने विशेष महिना हो ।

त्यसकारण शिवलाई जल अर्पित गरेर मानिसहरु आफूलाई प्रकृतिसँग जोड्ने गर्दछन् । यसैगरी यो महिना हरियो रंग लगाएर मानिसहरुले आफूलाई प्रकृतिसँग जोड्ने गर्दछन् जसको असर उनीहरुको भाग्यमा पनि पर्ने गर्दछ । यो साउन महिनामा चारैतिर हरियो हुदा प्रकृति संग लुकामारी गर्न पाउदा नदिताल हरु भरिभराउ हुदा त लाग्छ नेपाल जस्तो रमणिय ठाऊ अन्त कतै छैन् ।

भनाइमा पनि भन्ने गरिन्छ ,नि हरियो वन नेपालको धन भनेर त्यसैले साउन महिना आफैमा सुन्दर महिना हो अझै यस महिनामा राता ,पहेला र हरिया चुरा अनि हातभरि गाडा मेहेन्दीको छाप लगाएका दिदि बहिनी आमा भाउजु फुपु अन्टी हरुको मठ मन्दिरमा भगवान शिवको पूजाका लागी भिड नै लाग्ने गर्छ । जसको हातमा गाडा मेहन्दी लाग्छ । उसलाई सधै उसको श्रीमानले माया गर्ने भनेको सोचेको कुरा पुरा हुर्ने साथै भाग्यमानी छे भन्ने गरेको बुढापाकाको मुखबाट सुनिन्छ।

यस्तै स्कुलले भाइबहिनी र खेतिकिसानी गर्ने कृषकहरुका लागि पनि यो महिना थकाइ मार्ने महिना बनेको हुन्छ । यो साउन महिनाको बर्षे बिदामा घरमा बस्न पाउनु बाबा आमा संग घुम्न जान पाउनु गृहकार्य गर्न पाउनु साथीभाइ संग भेटघाट हुनु मामाघर जान पाउने भइकाले र खोला नदीमा पानी बहाप बढ्नु निकै रमाइलो महिना हो ।

यता यो रमाइलो सुन्दर साउन महिनामा बजारतिर पनि निकै भिडभाड हुने गर्छ ।अघिपछि दिन भन्दा साउन महिनामा हरिया चुरा र मेहेन्दी लगाउने ग्राहकको निकै घुइचो हुने गर्छ भन्नु हुन्छ । बबइ नगरपालिका भुरीगाउंमा कोपीला पार्लर का कोपीला पन्थ साउन महिनाले बच्चा देखि दिदि,भाउजु,आमा लगाएत सबै महिला दिदि बहिनीलेछोएको हुन्छ ।

साथै सोमबारे ब्रर्तले पनि ,यो बेला अरु बेला भन्दा यो सिजनमा फेसियल गर्ने९राम्री बन्ने ०हातमा मेहेन्दी लगाउने को घुइचोले बैशाख,जेष्ठ र असार भन्दा यो साउन महिनामा व्यापार निकै हुन्छ ।साथै यसै महिना लागे देखि चाडपर्व नजिकिदै जाने हुनाले,अरु समय भन्दा अलिक बढी मात्रामा व्यापार हुन्छ । तर, आजकाल हेर्ने हो भने चाडवाडको नाममा विकृतिहरू फैलँदै गइरहेको छ। यसले धेरै समस्या निम्त्याउँछ।

हामीले शिवजीलाई साँचो मनले मान्यौँ भने शिवजी आफैँ प्रसन्न हुन्छन्, महँगो सारी र गहना लगाएर होइन। पहिले त तीजको अघिल्लो दिन मात्र दर खाने चलन थियो भने आजकाल, एक महिना अगाडि नै महँगो पार्टी प्यालेस बुक गरेर अनि गीत बजाएर उफ्रँदै नाचेको देख्न सकिन्छ । यहाँ असाधरण रूपले पैसा खर्च हुन्छ अनि त्यसको साथै देखासिखीको समस्या पनि निम्त्याउँछ ।

यदि फलानाको श्रीमतीको १५ हजारको सारी अनि दुई तोलाको सुन लगाएर हिँड्न सक्छे भने म किन सक्दिनँ भन्ने मानसिकता विकास हुन्छ, जसका कारण उनीहरू त्यो चीज पाउन जे पनि गर्न तयार हुन्छन् चाहे त्यो घरमा श्रीमानसँग झगडा गरेर होस्या बैंकबाट ऋण लिएर, आजकाल त, टिकटकको जमाना, धेरै लाइक अनि कमेन्ट पाउनका लागि राम्री भएर जे पनि गर्न तयार हुन्छन् । हो, हामीले आफ्नो परम्परा, संस्कृति बिर्सनु हुँदैन तर हामीले चाडवाड आफ्नै रीतिरिवाजसाथ मनाउनुपर्छ, अरुको देखासिखी गरेर होइन ।

 

हरियो साउन !

सल्यानको कपुरकोटमा होल्डिङ सेन्टर निर्माण

हरियो साउन !

स्थानीय तहको सेवा प्रवाहमा दलितहरुको असन्तुष्टि

Leave a comment

Your email address will not be published. Required fields are marked *