स्थानीय तहको सेवा प्रवाहमा दलितहरुको असन्तुष्टि

सुर्खेत । स्थानीय सरकारबाट प्रदान गरिने सेवा प्रवाहमा दलितहरुले असन्तुष्टि व्यक्त गरेका छन् । दलित र दलित महिलाका समस्याहरुको सुनवाई कम हुने गरेको, भएपनि सेवा प्रवाहमा ढिलाई हुने गरेको, दलित लक्षित योजना र कार्यक्रमवारे जानकारी नै नहुने गरेको भन्दै दलितहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

दलित महिला संघ सुर्खेतले संचालन गरेको दलित महिलाको मानवअधिकार सुदृढिकरण परियोजना अन्तर्गत मंगलवार भेरीगंगाको छिन्चुमा आयोजना गरिएको सरकारी सेवा र सुविधामा दलित महिलाको पहुँच विषयक नागरिक सम्वाद कार्यक्रममा सहभागी दलितहरुले स्थानीय स्तरबाट प्रदान गरिने सेवासुविधामा दलितहरुको सहज पहुँच नपुगेको बताउँदै असन्तुष्टि जनाए ।

कार्यक्रममा सहभागी लोकसिंह विश्वकर्माले दलितहरुले अझैपनि स्थानीय तहबाट प्रदान गरिने सेवासुविधामा चित्त बुझाउन नसकेको बताए । स्थानीय तहमा निर्वाचित दलित महिलाहरुको सहभागिता नाममात्रको भएको, दलित महिलाहरुको जीवनस्तर उकास्ने कार्यक्रमहरुलाई प्राथमकिता नदिइएको, सहज पहुँच नभएको गुनासो उनको छ ।

साथै सहभागीहरुले दलित तथा दलित समुदायका महिलालाई अन्य महिलासरह समावेशी सहभागी बनाउनुपर्ने, सेवा प्रवाहमा सहज पहुँच बनाउनुपर्ने माग गरेका छन् ।
भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले स्थानीय तहले सवै महिलालाई समानरुपमा सेवा प्रवाह गरिरहेको दावी गरिन् ।

उनले नगरपालिकाले हाल सवैलाई लक्षित गरेर कार्यक्रम ल्याउने गरेको जानकारी दिदैं त्यसमा दलित महिला पनि सहभागी भएको जिकिर गरिन् । साथै न्यायिक समितिले पनि आफ्नो परिधिभित्र रहेर कार्यसम्पादन गरेको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक दिपक मल्लले पछिल्लो समय दलित समुदायमा आत्महत्याको संख्या बढेको पाइएको बताए । वडा  नं १० का वडाअध्यक्ष मानबहादुर बुढामगरले ६० वर्ष माथिका दलित समुदायका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने गरिएको, वडामा संचालन हुने सवै योजनामा दलितहरुलाई समेट्ने गरिएको जानकारी दिए ।

दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जुर सुनारले दलित महिलाहरु हरेक क्षेत्रमा पछाडि परेकोले उनीहरुलाई अगाडि सार्न सरकारी तथा गैरसरकारी निकायको महत्वपूर्ण भूमिका हुने बताइन् । उनले दलित र दलित महिलाहरुको चित्त बुझ्ने गरी स्थानीय तहहरुले सेवा प्रवाह गर्नुपर्ने सुझाव दिइन् ।

कार्यक्रममा भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेत, वडा नं ११ का वडाअध्यक्ष तिलकराम डाँगी, वडा नं १२ का वडाअध्यक्ष हरिप्रसाद कँडेल, स्वास्थ्य चौकी इन्चार्ज हरि उपाध्यायलगायतले दलित र दलित महिलाहरुलाई प्रदान गरिने सेवा प्रवाहमा कुनै कन्जुस्याईं नगरिएको संघका सचिव खगिसरा वलीले बताइन् । कार्यक्रममा संघका परियोजना अधिकृत सीता नेपालीले परियोजनावारे जानकारी गराएक थिइन् ।

स्थानीय तहको सेवा प्रवाहमा दलितहरुको असन्तुष्टि

हरियो साउन !

स्थानीय तहको सेवा प्रवाहमा दलितहरुको असन्तुष्टि

पीएसजीसँग मेस्सीको सम्झौता, वार्षिक ३५ मिलियन युरो

Leave a comment

Your email address will not be published. Required fields are marked *