पीएसजीसँग मेस्सीको सम्झौता, वार्षिक ३५ मिलियन युरो पाउने

काठमाडौं : अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँग आवद्ध भएका छन्। मेस्सी र क्लबबीच दुई वर्षको सम्झौताको हस्ताक्षर भएको छ।

क्लब र मेस्सीबीच हालका लागि दुई वर्षे सम्झौतामा सहमति भएपनि सम्झौतालाई सन् २०२४ सम्म लम्ब्याउन सक्ने विकल्प रहेको छ। सम्झौता अनुसार मेस्सीले प्रत्येक वर्ष ३५ मिलियन युरो बराबरको पारिश्रमिक प्राप्त गर्नेछन्।

हाल फुटबल क्लबमा उत्कृष्ट खेलाडीको सुचीमा पर्ने नेयमार, एम्बाप्पेसँग अब मेस्सी पनि सामेल भएपछि विश्वका सबै ध्यान पीएसजीतर्फ तानिएको छ।

मेस्सीले बार्सिलोना छाडेसँगै घरेलु मैदान क्याम्पनोउमा रहेको मेस्सीको पोष्टर च्यातिएको छ। ३४ वर्षीय मेस्सीलाई बार्सिलोनाले लालिगाको आर्थिक नियमको आधारमा सम्झौता गर्न नसक्ने बताएपछि बार्सिलोनामा मेस्सी युगको अन्त्य भएको हो।

१३ वर्षको उमेरदेखि बार्सिलोनामा खेलेका मेस्सीले ६ पटक विश्वकै सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डिओर जितेका छन् । क्लबका लागि उनले ३५ ट्रफी जिताएका थिए। बार्सिलोनामा रहँदा मेस्सीले सात सय ७८ खेलमा ६ सय ७२ गोल गरेका थिए।

युरोपेली क्लबको आर्थिक अनुशासनको सिमितताका कारण बार्सिलोनाले आधा तलब दिएर पनि राख्न नसक्ने भएपछि मेस्सी स्पेनिस क्लब छोड्न बाध्य भएका थिए। पीएसजीमा मेस्सीले ३० नम्बरको जर्सी लगाउने भएका छन्।

मेस्सीले यसअघि १० नम्वर जर्सी लगाउने गरेका थिए। मेस्सीको स्वागतका लागि पीएसजीको रंगशालामा हजारौं समर्थकले स्वागत गरेका थिए।

पीएसजीसँग मेस्सीको सम्झौता, वार्षिक ३५ मिलियन युरो पाउने

स्थानीय तहको सेवा प्रवाहमा दलितहरुको असन्तुष्टि

पीएसजीसँग मेस्सीको सम्झौता, वार्षिक ३५ मिलियन युरो पाउने

सेयर बजार नयाँ उचाइमा, जलविद्युका लगानीकर्तालाई मालामाल

Leave a comment

Your email address will not be published. Required fields are marked *