सेयर बजार नयाँ उचाइमा, जलविद्युका लगानीकर्तालाई मालामाल

काठमाडौं : साताको चौथो दिन बुधबार सेयर बजार थप नयाँ उचाइमा पुगेको छ। ०.९४ अंकले बढेर नेप्से परिसूचक तीन हजार एक सय ६२.५९ को विन्दुमा उक्लिएको छ।

नेप्सेले चुमेको यो हालसम्मकै सर्वाधिक उचाइ हो। मंगलबार पनि नेप्सेले हालसम्मकै सर्वाधिक तीन हजार एक सय ६१.५६ विन्दु चुमेको थियो। जुन रेकर्ड बुधबार तोडिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने २.३८ अंकले घटेर पाँच सय ८५.७१ को विन्दुमा झरेको छ।

कारोबार रकम पनि घटेर आज साढे १५ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये पाँच वटामात्रै हरियाली छाएको छ भने आठ वटामा रातो पोतिएको छ।

आज जलविद्युत समूह सर्वाधिक ३.९२ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह २.७८ प्रतिशतले बढेको आज निर्जीवन बीमा समूहमा ०.३ प्रतिशत, लघुवित्त समूहमा ०.१४ प्रतिशत र जीवन बीमा समूहमा ०.०६ प्रतिशतको गिरावट आएको छ।

बिहीबार व्यापार समूह सर्वाधिक १.२५ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह ०.८७ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.६७ प्रतिशत, विकास बैंक समूहमा ०.७६ प्रतिशत, वित्त समूहमा ०.६६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०६ प्रतिशत, अन्य समूहमा ०.५८ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.६१ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

बुधबार नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता सेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ रुपैयाँबराबरको कारोबार भएको छ।

यो दिन माथिल्लो तामाकोशीको सर्वाधिक ६८ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको ५७ करोड ३७ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण काबेली पावरको ५६ करोड १२ लाख रुपैयाँ कारोबार भएको छ।

अपी पावरको ५३ करोड १७ लाख रुपैयाँ, आइसीएफसी फाइनान्सको ५१ करोड ६१ लाख रुपैयाँ, एचआईडीसीएलको ३८ करोड ११ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको ३६ करोड ६९ लाख रुपैयाँ, नेपाल बैंकको २८ करोड ८६ लाख रुपैयाँ, फर्स्ट माइक्रोफाइनान्सको २७ करोड ७८ लाख रुपैयाँ र ङादी ग्रुप पावरको २७ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने
बुधबार आठ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। आईसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर, रुरु जलविद्युत, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको छ।

यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, अरुण काबेली पावर र नेपाल हाइड्रोको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन राईराङ हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। आज जानकारी फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा चार प्रतिशत बढीले ओरालो लागेको छ।

सेयर बजार नयाँ उचाइमा, जलविद्युका लगानीकर्तालाई मालामाल

पीएसजीसँग मेस्सीको सम्झौता, वार्षिक ३५ मिलियन युरो

सेयर बजार नयाँ उचाइमा, जलविद्युका लगानीकर्तालाई मालामाल

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि पोखरामा सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *