राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि पोखरामा सुरु हुँदै

काठमाडौं : साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ। पोखरास्थित अन्तराष्ट्रिय रंगशालामा आजदेखि सुरु हुने प्रशिक्षण दुई सातासम्म चल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

प्रशिक्षणमा ३७ खेलाडीको सहभागिता रहने छ। टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलगायतका अन्य प्रशिक्षकले प्रशिक्षण गराउने छन्। प्रशिक्षणका लागि राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियल सहितको टोली हिजो साँझ पोखरा पुगेको छ।

नेपाली टोली दक्षिण एशियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिपको तयारीमा छ। प्रतियोगिता आगामी अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा हुँदैछ। टोलीको प्रशिक्षणलाई लक्ष्य गरी कास्की जिल्ला फुटबल सङ्घले रङ्गशालामा आवश्यक सबै तयारी पूरा गरेको छ।

टोलीले पोखरामा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालासहित नेपाली सेनाको विजयपुर ब्यारेक, सशस्त्र प्रहरीको खेल मैदान र सहारा एकेडेमीको मैदानमा अभ्यास गर्नेछ। यसअघि गत वर्ष माघमा तीन साता राष्ट्रिय टोलीको पोखरामा बन्द प्रशिक्षण सञ्चालन भएको थियो।

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कपको छनोट चरणको प्रतियोगिता अघि टोलीले पोखरामा प्रशिक्षण गर्न लागेको हो।

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि पोखरामा सुरु हुँदै

सेयर बजार नयाँ उचाइमा, जलविद्युका लगानीकर्तालाई मालामाल

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि पोखरामा सुरु हुँदै

कुलमानबारे दीपकराज लेख्छन्- ‘राम्रो काम गर्दा ढिलै

Leave a comment

Your email address will not be published. Required fields are marked *