कुलमानबारे दीपकराज लेख्छन्- ‘राम्रो काम गर्दा ढिलै भएपनि पुरस्कार मिल्छ भन्ने सन्देश’

काठमाडौं । कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पुनः नियुक्त भएका छन् ।
उनी भएका प्राधिकरणमा दोस्रोपटक नियुक्त भएर आएपछि सर्वसाधारणदेखि कलाकारसम्मले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरिरहेका छन् ।
यस्तैमा कलाकार दीपकराज गिरीले कुलमानको पुनः नियुक्तिको बिषयमा खुसी ब्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै कुलमानको नियुक्तिको सरकारको निर्णय जनप्रिय भएको बताएका छन् ।
पुनः नियुक्तिबाट कुलमानलाई ढिलै भएपनि राम्रो कामको पुरस्कार मिलेको गिरीको भनाई रहेको छ ।
गिरीले स्वतन्त्र नागरिकको हैसियतले आफुले सरकारको नराम्रो कामको आलोचना र राम्रो कामको तारिफ आफुले गर्ने गरेको समेत बताएका छन् । कुलमानको नियुक्ति माग गर्दै ओली सरकारको पालामा कलाकार गिरीले बिभिन्न अभियान समेत चलाएका थिए ।






