करिना कपुर, सैफ अली खान किन पुनः भए ट्रोल ?

एजेन्सी । अभिनेता सैफ अली खान, करिना कपुर एकपटक पुनः आफ्नो फिल्ममका कारण नभई, छोराका नामका कारण चर्चामा छन् ।

करिना कपुर खानले यो वर्ष फेब्रुअरीमा आफ्नो कान्छो छोरा जन्माएकी थिइन् । कान्छो छोराको नाम ‘जेह’ राखिएको बताइन्थ्यो ।

करिना कपुरको हालै रिलिज भएको किताब ‘करिना कपुर खान– प्रेग्नेन्सी बाइबल’ मा जेहको नयाँ नाम सार्वजनिक गरिएको केही खबरमा दाबी गरिएको छ । यो किताबलाई फिल्म निर्माता करण जोहरसँग करिना कपुरले इन्स्टाग्राम लाइभको क्रममा रिलिज गरिन् ।

केही मिडिया रिपोर्टमा करिनाको किताबमा जेहो पूरा नाम जहांगीर लेखिएको बताइँदै छ । यद्यपि, करिना र सैफको तर्फबाट यसबारे कुनै प्रतिक्रिया वा जानकारी दिइएको छैन । जहांगीर नामको अर्थ हो – संसारमा राज गर्ने व्यक्ति ।

जहांगीर फारसी भाषाको शब्द हो ।

बीबीसीले करिनाका पिता रणधीर कपरसँग फोनमा कुराकानी गरेको छ । रणधीर कपुरले भने, ‘हामी उसलाई घरमा जेह भन्छौं । जहांगीर नाम हो कि होइन भनेर चाहिँ म केही भन्न सक्दिनँ । बच्चाका आमाबुवाले केही दिनमा आफैं यसबारे बताउनेछन् ।’

आफ्नो जेठो छोराको नाम तैमुर राखिएपछि अब करिना, सैफ कान्छो छोराको नामका कारण केही मानिसहरुको निशानामा छन् । सोसल मिडियामा केही मानिसहरुले जहांगीरको आदेशमा सिख गुरु अर्जन देवको हत्या गरिएको थियो । त्यही जहांगीरको नाममा छोराको नाम किन राखियो ?’

करिना कपुर, सैफ अली खान किन पुनः भए ट्रोल ?

कुलमानबारे दीपकराज लेख्छन्- ‘राम्रो काम गर्दा ढिलै

करिना कपुर, सैफ अली खान किन पुनः भए ट्रोल ?

बानेश्वरमा हल निर्माण गर्दै दीपक र दीपा

Leave a comment

Your email address will not be published. Required fields are marked *