ब्राजिलमा संक्रमित मृत्युदर घटेन, एकैदिन एक हजार २११ को मृत्यु

एजेन्सी । ब्राजिलमा कोभिड–१९बाट हुने मृत्यु अझै घट्न नसकेको त्यहाँका अधिकारीले जनाएका छन्। पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको उनीहरूले जानकारी दिएका हुन्‌। स्वास्थ्य मन्त्रालयले गएको २४ घण्टाभित्र त्यहाँ कोभिडबाट एक हजारभन्दा बढीको ज्यान गएको छ।

कोभिड–१९बाट धेरै प्रभावित देशको सूचीमा रहेको ब्राजिलमा २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि एक हजार २११ जनाको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अधिकारीले दिएको जानकारीअनुसार यो समेत गरी त्यहाँ यस सङ्क्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या पाँच लाख ६४ हजार ७७३ पुगेको छ। मंगलबार यसअघिका दिनको तुलनामा धेरै नागरिकको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको बताइएको छ।

त्यसैगरी ब्राजिलमा कोभिडबाट सङ्क्रमित हुनेको संख्या पनि गएको २४ घण्टामा करिब ३५ हजार रहेको छ। यो समेत गरी ब्राजिलमा कोभिडबाट सङ्क्रमित हुने नागरिकको संख्या दुई करोडभन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

ब्राजिलमा केही महिनाअघि कोभिड–१९का सङ्क्रमित घटेको भएपनि पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ।

सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकलाई खोप दिने गरेको छ। ब्राजिल सरकारले खोप दिने कामलाई देशव्यापी अभियानको रुपमा सञ्चालन गरेको छ।

ब्राजिलको साओ पाओलो शहर सबैभन्दा बढी सङ्क्रमणमा परेको शहर हो। ब्राजिलमा हरेक एक लाख जना सङ्क्रमितमा करिब २६० जनाको निधन भएको तथ्याङ्कले देखाएको बताइएको छ।

ब्राजिलमा संक्रमित मृत्युदर घटेन, एकैदिन एक हजार २११ को मृत्यु

तालिबानले ‘नपत्याएपछि’ अफगानिस्तान छाड्दै भारत

ब्राजिलमा संक्रमित मृत्युदर घटेन, एकैदिन एक हजार २११ को मृत्यु

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

Leave a comment

Your email address will not be published. Required fields are marked *