तालिबानले ‘नपत्याएपछि’ अफगानिस्तान छाड्दै भारत

एजेन्सी । विद्रोही संगठन तालिबानले मतलब नगरेपछि अफगानिस्तानबाट भारत बाहिरिन लागेको छ।
अंग्रेजी अखबार द हिन्दुका अनुसार भारले मजार–ए–शरीफस्थित वाणिज्य दूतावासका आफ्ना कर्मचारीलाई भारत बोलाउँदैछ।
अफगानिस्तान मामिलामा अन्य दक्षिण एसियाली छिमेकी देशहरूमा झैँ प्रभाव विस्तार गर्न खोजेको भारतप्रति तालिबानले अहिलेसम्म औपचारिक धारणा व्यक्त गरेको छैन। अर्को छिमेकी चीन र रुसमा भने तालिबानी प्रतिनिधिमण्डल नै पुगेर भेटवार्ता गरिसकेको छ।
वार्ता गर्न या अफगान मामिलामा महत्व दिन तालिबानलाई फकाइरहेको भारतले अहिलेसम्म ग्रीन सिग्नल पाएको छैन। तालिबानले कुनै वास्ता नगरेपछि भारतले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई आपतकालीन उद्दार गर्न विमान पठाउने फैसला गरेको थियो।
काबुलस्थित भारतीय दूतावासले अफगानिस्तानमा रहेका सबै भारतीयहरूलाई संघर्ष बढिरहेकाले व्यवसायिक उडान बन्द हुनुअघि नै त्यहाँबाट निस्कने व्यवस्था गर्न भनेको थियो।
चीन पुग्यो तालिबान, भारतमा हलचल
तालिबानी लडाकूहरू यतिखेर मजार–ए–शरीफको बाहिरी इलाकासम्म आइपुगेका छन्। यसअघि तालिबानले ताजिकिस्तानसँग सीमा जोडिएको कुन्दुज शहरमाथि कब्जा गरिसकेको छ।
द हिन्दुका अनुसार भारतीय अधिकारीहरू र नागरिकलाई लिन एक सैन्य विमान अफगानिस्तान जानेछ। एक महिना पहिले कन्दहारको वाणिज्य दूतावासबाट पनि भारतले आफ्ना कर्मचारी हटाएको थियो।





