अफगानिस्तानबाट सैनिक फिर्ता गर्दा कुनै पश्चाताप छैन : बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सैनिक फिर्ता गर्दा आफूलाई कुनै पश्चाताप नभएको बताएका छन्।

उनले अफगानिस्तानका नेताहरूलाई एकजुट हुन आग्रह गर्दै आफ्नो मुलुकका लागि लड्न पनि आग्रह गरेका छन्।

२० वर्षसम्म अफगानिस्तानमा सैन्य अभियान चलाएपछि अमेरिकाले आफ्ना सैनिक अहिले धमाधम फिर्ता गरिरहेको छ। अमेरिकी सैनिक फिर्ता भएपछि अहिले अफगानिस्तानमा तालिबानले आफ्नो उपस्थिति बढाउँदै लगेको छ र प्रान्तीय राजधानीहरू नै कब्जा गरिरहेको छ।

अफगानी सुरक्षाबल र तालिबानीहरूबीच अहिले देशका विभिन्न भागमा संघर्ष जारी छ। तालिबानले अहिलेसम्म ३४ वटा प्रान्तीय राजधानीमध्ये कम्तीमा पनि ८ वटालाई आफ्नो कब्जामा लिइसकेको छ। कैयन शहरहरू तालिबानको कब्जामा पर्नसक्ने खतरा बढेको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै बाइडेनले अमेरिकाले अफगानिस्तान मामिलामा गरेको वाचा निर्वाह गरिरहेको दाबी गरे। हवाई सहायता, सेनाको तलब र खानपीन तथा उपकरणमा अफगानी सुरक्षा बललाई सघाइरहेको उनले बताए।

अफगानिस्तानमा तालिबानसँग चर्कंदो संघर्षबारे भने उनले अब आफैँ लड्नुपर्ने तर्क गरे।

अफगानिस्तानबाट सैनिक फिर्ता गर्दा कुनै पश्चाताप छैन : बाइडेन

यूरोपमा अफगान निर्वासन जारी राख्न आग्रह

अफगानिस्तानबाट सैनिक फिर्ता गर्दा कुनै पश्चाताप छैन : बाइडेन

तालिबानले ‘नपत्याएपछि’ अफगानिस्तान छाड्दै भारत

Leave a comment

Your email address will not be published. Required fields are marked *