किशोरी बलात्कार गर्नेलाई अदालतले सुनायो १८ वर्ष कैद

बालिका बलात्कार गर्ने एक युवकलाई जिल्ला अदालत संखुवासभाले १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । १३ वर्षीया किशोरी बलात्कार गर्ने खाँदबारी नगरपालिका–९ का १९ वर्षीय समिर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

सोमबार जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले १८ वर्ष कैद सँगै ६ लाख क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा २ हजार २ सय जम्मा गराउन आदेश भएको अदालतका संखुवासभाका सूचना अधिकारी डिल्ली प्रसाईले जानकारी दिए ।

गत वैशाख १५ गते १३ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले बर्देवालाई वैशाख १६ गते पक्राउ गरेको थियो ।

किशोरी बलात्कार गर्नेलाई अदालतले सुनायो १८ वर्ष कैद

‘उठ्न सकिन्छ’ मा निराजन र रुविनाको अभिनय

Leave a comment

Your email address will not be published. Required fields are marked *