चौकुनेमा नेकपा एस पहिलो शक्ति । अध्यक्ष बडुवाल


सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सुर्खेतका अध्यक्ष मोहनसिंह बडुवालले चौकुने गाउँपालिकामा आफुले नेतृत्व गरेको पार्टी नै पहिलो शक्ति हुने बताएका छन ।

मंगलबार चौकुने गाउँपालिकाको तेस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष बडुवालले प्रतिगामी तत्वहरुले जति चलखेल गरेपनी आफुले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई नै जनता बाट अनुमोदन हुने जिकिर गरे । जनता भनेका सत्यको पक्षको उभिन्छ्न, न्याय र समानताको पक्षमा उभिन्छन भन्दै अध्यक्ष बडुवालले आफू र आफ्नो पार्टी सधै सत्य र न्यायको बाटोमा हिड्ने र जनतालाई पनि सहिमार्गमा हिडाउने उद्घोष गर्नुभयो ।

संविधानलाई कुल्चिने, पार्टी विधि, विधान अनुरुप नचलाउने र (बा) प्रवृत्ति हाबी भएकोले पार्टी भित्र विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गर्नु परेको बताउनु भयो । अझै पनि जनताका आधारभूत आवश्यकताहरु पूरा नभएकोले आफुले यश क्षेत्रको विकासको लागिरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा केन्द्रिय सल्लाहकार परिषद सदस्य नयाँराम बयक, पार्टी प्रदेश कमिटी सदस्य मनबहादुर बि.क हरिप्रसाद खनाल, गोरखबहादुर शाही, रतन बि।क युवा संघका कर्णाली प्रदेश कमिटी सचीव कमल कृष्ण पौड्याल, जिल्ला कमिटी सदस्यहरु अमर टमटा, प्रेमराज ढुङ्गाना, रमेश बौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । बैठकले चौकुनेका १० वटै वडाहरुमा आगामी योजना, बैठक, भेला तथाकमिटी निर्माणको काममा तीव्रताका अगाडि बढाउनको लागि २ हप्ते कार्यक्रम सार्वजनिक गरेको छ । बैठकले चौकुनेमा युवा संघको अध्यक्षमा तुला बिष्ट र अखिल नेपाल किसान महासंघको अध्यक्षमा नवराज देवकोटालाई समेत जिम्मेवारी दिईएको छ ।

साथै चौकुने गाउँपालिका वडा नं. ८ स्थित मिलनचोकमा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय समेत उद्घाटन गरिएको छ ।
कार्यक्रम गाउँपालिका कमिटीका अध्यक्षका लछिराम आलेको अध्यक्षता बसेको थियो भने कमिटीका उपसचिव अमर बलामीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

चौकुनेमा नेकपा एस पहिलो शक्ति । अध्यक्ष बडुवाल

अहिले प्रयोगमा रहेका कोरोना खोपले ओमिक्रोनविरुद्ध पनि

चौकुनेमा नेकपा एस पहिलो शक्ति । अध्यक्ष बडुवाल

YUGAAWHAN NATIONAL DAILY (2078-8-22)

Leave a comment

Your email address will not be published. Required fields are marked *