अमरेश सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद् अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ मा मंगलबार भएको अधिवेशनबाट सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । अधिवेशनमा सभापति शेरबहादुर देउवा निकटका नेता वीरेन्द्र सिंहको प्यानलनै विजयी भएको छ  ।

आज बिहान सार्वजनिक मतपरिणाम अनुसार विरेन्द्रले ५ सय १४ मत ल्याउँदा अमरेशले २ सय ४८ मत ल्याएको निर्वाचन समितिले जनाएको छ  । पराजयसँगै सिंहले अब केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने छैनन्।

केन्द्रीय सदस्य डाक्टर शेखर कोइराला निकटका नेता अमरेशले सर्लाहीको क्रियाशील वितरणमा संस्थापन समूहले धाँधली गरेको आरोप लगाउँदै आएका थिए।
क्रियाशील सदस्यताको फारम वितरणदेखि नै संस्थापन पक्षले एकलौटी गरेको उनको आरोप थियो ।

क्रियाशील सदस्यताकै विवादलाई लिएर सर्लाहीमा हवाइ फायर तथा झडप समेत भएको थियो।

अमरेश सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

आयरल्यान्डसँगको शृङ्खला क्रिस गेलको बिदाइ खेल हुन

अमरेश सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

बुरुण्डीको कारागारमा आगलागी, ३८ कैदीको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *