बामेमा बृहत लिफ्ट खानेपानी योजनाको काम दुर्त गतिमा
दुर्गा विसी
सल्लीबजार, २४ पौष ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ का दर्जन वस्तिमा खानेपानी पु¥याउनको लागि लिफ्ट खानेपानी आयोजनाको काम करिव ७० प्रतिशत सम्पन्न भएको छ । बामेको खेतगारा, किमटाकुरा, मेलटाकुरा, खानिगाउ, बराहागाउ लगायतका वस्तिमा खानेपानी पुरयाउनका लागि नगरपालिका गत आर्थिक बर्षमा योजना सुरु गरेको हो ।
३ करोड ५४ लाख लागतमा जिपियु कन्टक्सन काठमाडौंले काम गरिरहेको छ । २ ट्याङ्की १ लाख लिटर, ५० हजार लिटर, जिआइ पाइप ६ सय १५ मिटर, सोलार फिटको काम सकिएको छ । उक्त आयोजनाको नगर प्रमुख गोविन्द कुमार पुन सहितको टोलीले बुधबार अनुगमन समेत गरेको छ ।
कामको ताकेता र गुणस्तरका विषयमा अनुगमन गरिएको नगर प्रमुख पुनको भनाइ छ । पुस्तौंदेखि यश क्षेत्रका उच्च भुभागका नागरिक खानेपानीबाट निकै सास्ती खेपिरहेका थिए । योजना सम्पन्न भए पछि यहाँका नागरिकको ठुलो राहत हुने जनाएको छ । सोलार पम्प र ट्रान्समिटरको काम छिट्टै भएमा अवको १ महिना उक्त योजनाको काम पूरा हुने इन्जिनियर महेश देवकोटाको भनाइ छ ।राजनीति दल,जनप्रतिनिधि र स्थानीयको टोलिले अनुगमन गरेको छ । नगरले उक्त योजनालाई बृहत् योजनाका रुपमा नामाकरण गरेको छ ।





