प्रचण्ड माधबले पार्टी फुटाएको भन्दै बस्नेत आक्रोशित
प्रचन्ड खत्री
सल्यान पश्चिम, २४ पौष ।
नेकपा ओली पक्षीय केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्रीको कदम संवैधानिक भएको दाबी गरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध भ्रम फैलाइएको भन्दै उनले संविधानमै भएको व्यवस्थाअनुसार संसद विघटन भएको बताए ।
नेकपाको रुकुम पश्चिममा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले संसद विघटनलाई आश्चर्यजनक घटना मान्न नहुने तर्क गर । ‘५ वर्ष कार्यकाल भएको संविधानसभा ४ वर्षमा विघटन भएको हो,’ उनले भने, ‘५ वर्ष कार्यकाल रहेको यो संसद ३ वर्षमा विघटन भयो यसैले यो आश्चर्यको विषय नै होइन ।’ ५ वर्षमा आफैं सकिनुपर्ने संसद ३ वर्षमा सक्नुलाई अनौठो मानिएको भन्दै उनले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले निर्वाचनका लागि संसद विघटन भएको जिकिर गरे ।
्प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले पार्टी फुटाएको भन्दै नेता बस्नेतले कार्यकर्ताहरुलाई केही माछा मरेकामा चिन्ता नगर्न आग्रह गरे । ‘खोला सुकेपछि चिन्ता गर्नुपर्ने हो, खोला बगिरहेको छ, खोलामा अरु माछा आउँछन् मरेका माछाप्रति हामीले चिन्ता गर्नहुन्न,’ उनले भने ।