भारतीय अभिनेत्री ज्याकलिन ठगी आरोपमा पक्राउ

काठमाडौं :  बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई आइतबार साँझ मुम्बई विमानस्थलबाट पक्राउ गरिएको छ। उनी सलमान खानको ‘द–ब्याङ’ टुरका लागि साउदीको रियाद जाँदै थिइन्।

फर्नान्डिजसँग दुई सय करोडको मनी लन्ड्रिङ मुद्दामा सोधपुछ भइरहेको छ। यो मुद्दा ठगी मुद्दामा फसेका सुकेश चन्द्रशेखरसँग सम्बन्धित छ। यस सम्बन्धमा उनलाई विमानस्थलमै रोकिएको हो।

ज्याकलिनको विरुद्धमा प्रवर्तन निर्देशनालय ९ईडी० द्वारा ‘लुकआउट नोटिस‘ जारी गरिएको छ, जसले केसको अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ईडीले यस मामिलामा अभिनेत्री नोरा फतेहीलाई पनि सोधपुछ गरेको छ।

प्रवर्तन निर्देशनालयले सुकेश चन्द्रशेखर, उनकी पत्नी लीना मारिया पल र अन्य ६ जनाविरुद्ध दुई सय करोड रुपियाँको मनी लान्ड्रिङ मुद्दामा सात हजार पृष्ठको आरोपपत्र दायर गरेको छ।

भारतीय अभिनेत्री ज्याकलिन ठगी आरोपमा पक्राउ

YUGAAWHAN NATIONAL DAILY (2078-8-21)

भारतीय अभिनेत्री ज्याकलिन ठगी आरोपमा पक्राउ

१९ वर्षमुनिको महिला फुटबल टोली आज बङ्ग्लादेश

Leave a comment

Your email address will not be published. Required fields are marked *