कांग्रेस प्रदेश २ को अधिवेशन तत्कालका लागि स्थगित

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश २ संयोजक रमेश रिजालले सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन्।

उनले प्रदेशको ८ वटा निर्वाचन क्षेत्रको अधिवेशन नभएको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव चलिरहेकाले अधिवेशन गराउन सक्ने अवस्था तत्कालका लागि नरहेको पनि स्पष्ट पारे।

संयोजक रिजालले भने, ‘प्रदेशको ८ वटा क्षेत्रको अधिवेशन भएको छैन, विवाहपञ्चमी महोत्सव पनि चलिरहेको छ, यस्तो अवस्थामा निर्वाचन गराउनु काबुबाहिरको कुरा हो।’

प्रदेश २ को सर्लाही जिल्लाको कुनै पनि निर्वाचन क्षेत्रको अधिवेशन हुन सकेको छैन भने महोत्तरी, बारा र सप्तरीको १(१ वटाको अधिवेशन हुन सकेको छैन।

कांग्रेस प्रदेश २ को अधिवेशन तत्कालका लागि स्थगित

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न माग

कांग्रेस प्रदेश २ को अधिवेशन तत्कालका लागि स्थगित

YUGAAWHAN NATIONAL DAILY (2078-8-21)

Leave a comment

Your email address will not be published. Required fields are marked *