ए डिभिजन : तेस्रो चरणका अन्तिम दुई खेल आज

काठमाडौं :  सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तेस्रो चरणका अन्तिम दुई खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा हिमालयन शेर्पा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। हिमालयन शेर्पा २ खेलबाट १ अंक जोडेर १२ औँ स्थानमा छ। पुलिस क्लबले भने दुई खेलमध्ये एकमा जित र एकमा बराबरीको नतिजा निकालेर ४ अंक जोडेको छ। पुलिस अंक तालिकाको सातौँ स्थानमा छ।

यस्तै दिउँसो पौने ५ बजे दशरथ रंगशालामै हुने दोस्रो खेलमा जावलाखेल युथ र मच्छिन्द्र क्लब भिड्दैछन्। यसअघिका दुवै खेलमा हार व्यहोरेको जावलाखेल रेलिगेशन जोनमा छ। डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र एउटा खेलमा जित र एउटामा बराबरीको नतिजासहित ४ अंक जोडेर छैटौँ स्थानमा छ।

यसअघि हिजो भएको एकमात्र खेलमा त्रिभुवन आर्मीले ब्रिगेड ब्वाइजलाई १–० गोलले पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो।

ए डिभिजन : तेस्रो चरणका अन्तिम दुई खेल आज

जिल्ला तहका नेताहरुको झेलिपुर्न्न कार्य प्रती रानाको

ए डिभिजन : तेस्रो चरणका अन्तिम दुई खेल आज

इङ्ग्लिस प्रिमियर लिग : टोटनह्यामसँग नर्विच सिटी

Leave a comment

Your email address will not be published. Required fields are marked *