नेप्से सूचक र खरिद–बिक्री रकममा कीर्तिमान

काठमाडौं : साताको पहिलो दिन आइतबार धितोपत्र कारोबारमा फेरि कीर्तिमानहरु बनेका छन्। बजारमा आज नेप्से परिसूचक र कारोबार रकममा नयाँ कीर्तिमान बनेको हो ।

आइतबार नेप्से परिसूचक ५०.१४ अंकले बढेर २९०६.९१ को विन्दुमा पुगेको छ । यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। यसअघि गत जेठ २० गते नेप्से सर्वाधिक २८५६.७७ को विन्दुमा पुगेको थियो । आइतबार बजारमा हालसम्मकै सर्वाधिक कारोबारको रेकर्ड पनि बनेको छ ।

यो दिन १७ अर्ब २७ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यसअघि गत जेठ १६ गते १७ अर्ब २ करोड ८४ लाख बढीको कारोबार भयो। त्यसलाई आजको कारोबारले उछिनेर नयाँ कीर्तिमान बनाएको छ।

बजारका जानकारहरुले दैनिक सेयर कारोबार २० अर्ब पुग्छ भनिरहेको बेला दैनिक रुपमा बढिरहेको कारोबारको आकारले त्यो दिन धेरै टाढा छैन भन्ने कुरा बुझ्न सकिन्छ ।

यो दिन बजार पुँजीकरणमा पनि नयाँ रेकर्ड बनेको छ। आज कुल २१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। १ अर्ब २१ करोड रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अघि छ। दोस्रोमा निफ्रा र तेस्रोमा लुम्बिनी विकास बैंक परेका छन् ।

५ कम्पनीको भाउ सर्किट ब्रेक लाग्ने तहसम्म वृद्धि भएको छ। वाणिज्य बैंक समूहको सूचक ८९.८५ अंकले वृद्धि भएको छ। बैंकिङ प्रणालीमा तरलता थुप्रिदै जाँदा, लगातारको निषेधाज्ञाका कारण अन्य क्षेत्रको लगानीसमेत बजारमा आउँदा र बैंक ब्याजदरसमेत घटिरहेका कारण यसले बजारमा दैनिकजसो नयाँ–नयाँ कीर्तिमान बनाउन सहयोग पुगेको हो ।

नेप्से सूचक र खरिद–बिक्री रकममा कीर्तिमान

लगातार १२ औँ सिजन फ्रेन्च ओपनको चौंथो

नेप्से सूचक र खरिद–बिक्री रकममा कीर्तिमान

मुख्यमन्त्रीलाई अकोरावको ध्यानाकर्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *