लगातार १२ औँ सिजन फ्रेन्च ओपनको चौंथो चरणमा पुगे जोकोभिच

काठमाडौं : टेनिस स्टार नोभाक जोकोभिचले शनिबार नयाँ इतिहास बनाएका छन् । उनी फ्रेन्च ओपनमा लगातार १२ सिजन चौंथो चरणमा प्रवेश गरे ।

शीर्ष वरीयताका जोकोभिचले जारी प्रतियोगितामा अहिलेसम्म कुनै पनि सेट गुमाएका छैनन्। उनले तेस्रो चरणमा ९३ औं वरीयता प्राप्त रिकार्ड सबेरान्किन्सलाई ६-१ ६-४ र ६-१ को सोझो सेटमा पराजित गरे ।

पेरिसमा जोकोभिच भन्दा अघि २००५ देखी २०१५ सम्म नाडाल र फेडेररले लगातार चौंथो चरण पुगेका थिए। ३४ वर्षीय जोकोभिच दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जित्ने होडमा छन्। उनी समग्रमा १९ औ ग्रान्डसलामको खोजीमा रहेका छन् ।

सर्वियाका स्टार खेलाडीले अर्को चरणमा इटालिका १९ वर्षीय युवा खेलाडी लोरेंज मुसेट्टी सँग प्रतिस्पर्धा गर्नै छन्। १९ वर्षीय लोरेंज भने करिअरको पहिलो ग्रान्डसलाम खेल्दै छन्।

फेडेरर–नाडाल पनि चौंथो चरणमा

रोजर फेडेरर र राफले नाडाल फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन्। प्रतिस्पर्धात्मक सेटमा स्वीस स्टार फेडेररले जर्मनीका डोमिनिक कोएफरलाई पराजित गरेका हुन्।

३९ वर्षीय फेडेररले ७-६, ७-५, ६-७, ३-७, ७-६. ७-४ र ७-५ को सेटमा जित निकाले। २० पटकका ग्राण्डसलाम विजेता स्वीस फेडेररले तीन घण्टा ३५ मिनेट कोर्टमा संघर्ष गरेका थिए।

त्यस्तै अर्को खेलमा स्पेनिस स्टार राफेल नाडालले बेलायती खेलाडी क्यामेरोन नोरिएलाई पराजित गरेर अघिल्लो चरणमा स्थान पक्का गरेका हुन्। तेस्रो वरीयता प्राप्त १३ पटकका च्याम्पियन नाडालले २५ वर्षका नोरिएलाई ६-३, ६-३ र ६-३ को सोझो सेटमा पराजित गरे।

लगातार १२ औँ सिजन फ्रेन्च ओपनको चौंथो चरणमा पुगे जोकोभिच

अर्मेनियामाथि स्वीडेन सहज जित, वेल्स बराबरीमा रोकियो

लगातार १२ औँ सिजन फ्रेन्च ओपनको चौंथो चरणमा पुगे जोकोभिच

नेप्से सूचक र खरिद–बिक्री रकममा कीर्तिमान

Leave a comment

Your email address will not be published. Required fields are marked *