अर्मेनियामाथि स्वीडेन सहज जित, वेल्स बराबरीमा रोकियो

काठमाडौं । युरोकप अघिको अन्तिम मैत्रिपुर्ण खेलमा स्वीडेनले अर्मेनियालाइ ३-१ ले पराजित गरेको छ । स्वीडेनको जितमा फोर्सबर्गले १६ औ मिनेटमा गोल गर्दा डेनिलसनले ३४ औ । मिनेटमा दोस्रो गोल गरे।

त्यस्तै बेर्गले ८५ औ मिनेटमा टीमका लागि तेस्रो गोल गरे। अर्मेनियाका बिचकच्यानले ६४ औ मिनेटमा गोल फर्काएका थिए। म्यानचेस्टर युनाईटेडका डिफेन्डर भिक्टर लिन्डेलको प्रदर्शन स्वीडेनका लागि उत्कृष्ट रह्यो।

वेल्स रोकिँदा रसिया विजयी

१८ महिना पछि दर्शकलाई प्रवेश दिएको कार्डिफमा वेल्स भने बराबरीमा रोकिएको छ। युरो अघिको अन्तिम मैत्रीपूर्ण खेलमा शनिबार वेल्सले अल्बानियासँग गोलरहित बराबरी खेलेको हो। कार्डिफमा ६५ सय दर्शकमाझ वेल्स कमजोर मानिएको अल्बेनिया सँग गोलबिहिन बन्यो ।

वेल्सले भने अल्बानियाविरुद्ध पाएका अवसर खेर फाल्यो। खेलमा दुबै टोलीले पाएको अवसर सदुपयोग गर्न असफल भए। युरोकप ११ जुनबाट सुरु हुँदैछ। समुह ए मा रहेको वेल्ससँग टर्की, इटाली र स्विजरल्याण्ड रहेका छन्।

अर्को खेलमा रसियाले बुलगेरियालाई १-० ले पराजित गरेको थियो। ८४ औ मिनेटमा सोबोलेभले पेनल्टीमार्फत गरेको एकमात्र गोल निर्णायक भएको थियो। रसिया यो पटक पनि आफुलाई बलियो प्रमाणित गर्ने ध्याउनमा रहेको छ ।

अर्मेनियामाथि स्वीडेन सहज जित, वेल्स बराबरीमा रोकियो

भारतमा दुई महिनायताकै सबैभन्दा कम कोरोना संक्रमण,

अर्मेनियामाथि स्वीडेन सहज जित, वेल्स बराबरीमा रोकियो

लगातार १२ औँ सिजन फ्रेन्च ओपनको चौंथो

Leave a comment

Your email address will not be published. Required fields are marked *