कश्मीरकाे विशेषाधिकार फिर्ता गरे भारतसँग वार्ता गर्न तयार : पाकिस्तानी प्रम

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग वार्ता गर्न आफू तयार रहेको, तर दिल्लीले आवश्यक पूर्वतयारी गर्नुपर्ने बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सलाई यसैसाता दिएको एक अन्तरवार्तामा खानले समस्या सल्ट्याउन भारतसँग बातचित गर्न तयार रहेको जनाएका हुन् । बेलायती उपनिवेशबाट मुक्त हुँदा विभाजित यी दुई देशबीच परम्परागत दुस्मनी रहिआएको छ ।

इमरान खान भारत प्रशासित कश्मीरको अवस्थाप्रति बढी संवेदनशील देखिएका छन्। भारतले संविधानको अनुसूची ३७० खारेज गरेर जम्मु–कश्मीरको विशेषाधिकार खारेज गरिसकेको छ।

खानले यदी भारत कश्मीरमा यसअघिकै स्थिति बहाल गर्न तयार भए आफूहरू पनि वार्ता गर्न तयार हुने बताएका हुन् ।

उनले भनेका छन्, ‘भारतले कश्मीरको विशेषाधिकार खारेज गरेर लक्ष्मणरेखा पार गरिसकेको छ। सन् २०१९ अगष्टमा चालेको सो कदम फिर्ता लिन भारत तयार हुन्छ भने हामी कुराकानी गर्न तयार छौँ।’

कश्मीरको विशेषाधिकार खारेज गर्नु अन्तरराष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको नियम उल्लंघन भएको खानले उल्लेख गरेका छन्।

कश्मीरकाे विशेषाधिकार फिर्ता गरे भारतसँग वार्ता गर्न तयार : पाकिस्तानी प्रम

बुर्किना फासोमा बन्दुकधारीले आक्रमण गरी १३२ जनाको

कश्मीरकाे विशेषाधिकार फिर्ता गरे भारतसँग वार्ता गर्न तयार : पाकिस्तानी प्रम

इजरायलसँग फेरि युद्ध भए मध्यपूर्वको नक्सा बदलिनेछ

Leave a comment

Your email address will not be published. Required fields are marked *