बुर्किना फासोमा बन्दुकधारीले आक्रमण गरी १३२ जनाको ज्यान लिए

एजेन्सी । बुर्किना फासोमा सशस्त्र बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा १३२ जनाको ज्यान गएको छ। ​ सोल्हान गाउँमा रातको समयमा भएको आक्रमणको क्रममा स्थानीय बासिन्दाका घर तथा स्थानीय बजारमा आगजनी समेत भएको छ ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैनन्, तर पछिल्लो वर्षहरुमा बुर्किना फासोमा इस्लामिक समूहका आक्रमण हुने गरेका छन्। बुर्किना फासोको इतिहासमा पछिल्लो वर्षहरुमा भएको यो भयानक आक्रमण हो ।

बुर्किना फासोका राष्ट्रपति रोच काबोरीले तीन दिनका लागि राष्ट्रिय शोकको घोषणा गरेका छन्। दानबी शक्तिविरुद्ध सबै एक हुनु पर्ने पनि उनले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले घटनाले आफूलाई आक्रोशित बनाएको बताएका छन्। उनले घटनाको गम्भीर निन्दा गरेका छन् ।

शुक्रबार राति भएको अर्को आक्रमणमा सोल्हान गाउँबाट १५० किलोमिटर उत्तरमा रहेको तादार्यात गाउँमा १४ जनाको ज्यान गएको छ। अघिल्लो महिना बुर्किना फासोको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको थियो।

बुर्किना फासोमा बन्दुकधारीले आक्रमण गरी १३२ जनाको ज्यान लिए

कश्मीरकाे विशेषाधिकार फिर्ता गरे भारतसँग वार्ता गर्न

Leave a comment

Your email address will not be published. Required fields are marked *