अभिनेता दिलिप कुमारको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना

एजेन्सी । भारतका दिग्गज अभिनेता दिलिप कुमार को आइतबार अचानक स्वास्थ्य बिग्रीएपछि अस्पताल भर्ना गरिएको छ ।

उनलाई पछिल्लो केही दिनदेखि सास फेर्न गाह्रो भइरहेको उनकी श्रीमति सायरा बानोले जानकारी दिएकी छिन् ।

आइतबार स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको र हाल उनको डाक्टरको निगरानीमा उपचार भइरहेको बानोले भारतिय संचारमाध्यमसँग बताएकी छिन्। उनलाई आइतबार बिहान साढे ८ बजे हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो ।

कुमारलाई कोरोनाको आशंका गरिएपनि परिक्षण गर्दा नेगेटिभ देखिएको छ। बानोले भनिन्, ‘ सास फेर्न गाह्रो भइरहेको थियो त्यसैले उनलाई अस्पताल लिएर गयौं । उनलाई कोरोना भने देखिएको छैन ।’

अभिनेता दिलिप कुमारको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना

कर्णालीमा नयाँ दुई मन्त्रीले लिए शपथ

अभिनेता दिलिप कुमारको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना

बुर्किना फासोमा बन्दुकधारीले आक्रमण गरी १३२ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *