कर्णालीमा नयाँ दुई मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेश सरकारमा थपिएका कांग्रेसका दुई मन्त्रीले शपथ लिएका छन् ।

कर्णाली प्रदेशमा तेश्रो दलको रुपमा रहेको नेपाली कांग्रेसबाट सरकारमा थपिएका नयाँ दुई मन्त्रीले आज शपथ लिएका छन् । उनिहरुलाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन ।

नेकपा माओवादी केन्द्रसँग सत्ता साझेदार गर्दै कांग्रेसले सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बुढा क्षेत्री र उर्जा जलस्रोत मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठलाई सरकारमा पठाउएको छ । दुवै जनाले संसदीय दलको बैठकमा भ्रष्ट्राचारमा शुन्य सहनशिलता अपनाउने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री बनेका दुई सांसदलाई कांग्रेसले आर्थिक अनुशासन कायम गर्नुपर्ने, स्वच्छता, मीतव्ययितता, शादा जीवनशैली अपनाउनु पर्ने विषय उल्लेख भएको आचारसंहितामा हस्ताक्षर गराएको हो ।

सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइन समेत कांगे्रेसले जनाएको छ । नयाँ दुई मन्त्री थपिए सँगै कर्णाली प्रदेश सरकारमा ८ जना मन्त्री भएका छन् ।

कर्णालीमा नयाँ दुई मन्त्रीले लिए शपथ

घुँयत्राे : ओलीबाका अगाडि त अब वकालत

Leave a comment

Your email address will not be published. Required fields are marked *