देशभर ह्वात्तै बढ्यो गर्मी, गर्मीमा लाग्ने रोगहरुबाट कसरी बच्ने ?

देशभरी अहिले गर्मी ह्वात्तै बढेको छ । कोरोना माहामारीको डर त छ नै सँगसँगै गर्मी मौसम सुरु भएपछि अन्य प्रकारका रोगहरु लाग्ने डर पनि उत्तिकै छ । गर्मी मौसममा झाडापखाला, बान्ता, पेट दुख्ने र फुड प्वाइजनिङ हुने क्रम बढ्दो हुन्छ ।

त्यसैले यो मौसममा ठिक्क मात्रामा खाना पकाउनु पर्छ ताकी खाना बासि नहोस् । खानेकुरा भण्डार गर्दा फ्रिजको प्रयोग गर्नु पर्छ । पानीको प्रयोगमा पनि विशेष ख्याल गर्नु पर्दछ ।

गर्मी मौसममा धेरै प्रोटिन दिने खानेकराहरु खानुपर्न छ जसमा कार्बोहाइड्रेड, बोसोयुक्त खाना भन्दा भिटामिन, खनिज तथा प्रसस्त पानी भएको होस् ।

अहिलेको मौसमबाट बच्नका लागि सकेसम्म फलफूल, सलाद, दही, काँक्रालाई खाना खाँदा साथमा राख्नुहोला । तर मासु, अण्डा, दूध तथा दूधका परिकारले खासै फाइदा भने गर्दैन् ।

गर्मीमा अनिवार्य पानीलाई उमालेर, फिल्टर गरेर वा औषधि प्रयोग गरेर मात्र पिउनु पर्दछ । त्यस्तै खाना खानुअघि राम्रोसँग हात धुने, खाना पकाउनु तथा पस्कनुअघि हात धुने, दिसा तथा पिसाब गर्न चर्पीको प्रयोग गर्ने, शौचालय गएर आइसकेपछि राम्रोसँग हात धुने बानी बसाउनु पर्दछ ।

गर्मीमा रोग फैलाउने कारक झिङ्गा, लामखुट्टे, भुसुनाको वृद्धि रोक्नु पर्दछ । डेंगु, मलेरिया, इन्सेफ्लाइटिस लामखुट्टेबाट फैलन्छन् भने कालाज्वर भुसुनाको टोकाइबाट फैलिन्छ ।

देशभर ह्वात्तै बढ्यो गर्मी, गर्मीमा लाग्ने रोगहरुबाट कसरी बच्ने ?

‘विहेपछि बल्ल हाम्रो प्रेम सुरु भयो’

देशभर ह्वात्तै बढ्यो गर्मी, गर्मीमा लाग्ने रोगहरुबाट कसरी बच्ने ?

अफगानिस्तानमा शान्ति स्थापना गर्न छलफलमा जुट्यो चीन

Leave a comment

Your email address will not be published. Required fields are marked *