पछिल्लाे २४ घण्टामा देशभर थप २६ कोरोना संक्रमितको मृत्यु
काठमाडौं : मंगलबार राति र बुधबार बिहान गरी कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ। कैलाली र रुपन्देहीमा ४-४, चितवनमा ३, सल्यान, मोरङ, मकवानपुर र बाँकेमा २-२, पर्सा, झापा, बैतडी, गुल्मी र डोटीमा एक-एक जनाको मृत्यु भएको सम्बन्धित जिल्लाका स्रोत व्यक्तिले जनाएका छन् ।
त्यस्तै, गण्डकी प्रदेशको पर्वत र स्याङ्जाका एक-एक जना कोरोना संक्रमितको पनि मंगलबार बेलुका मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुष, बञ्चन गाउँपालिका–४ का २७ वर्षीया महिला, बुटवल–९का ५४ वर्षीया महिला र बुटवल–९का ५४ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए।
कैलालीका ५८, ५३ र ७२ वर्षका पुरुष र कन्चनपुरका ३५ वर्षका पुरुष, चितवनमा तीन जनाको मृत्यु भएको छ। विराटनगरको नोबेल शिक्षण अस्पतालमा संक्रमित दुई पुरुषको बुधबार बिहान मृत्यु भएको छ। मकवानपुरमा २, सल्यानमा दुई, बाँके एक यस्तै, पर्सामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
त्यस्तै वीरगन्जमा एक, झापामा दुइ, डोटीमा एक, मंगलबार बेलुका मृत्यु हुनेमा स्याङ्जा एक, पर्वत जिल्लामा एक जना रहेका छन् ।





