ट्याक्टर दुर्घटना परि एकको मृत्युु एक घाइते


प्रचण्ड खत्री, रुकुम पश्चिम : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको औलमा ट्याक्टर पल्टँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिहीबार राति एक बजे ७ नम्बर वडाको औल नजिक रा १ त ४४१२ नम्बरको ट्याक्टर पल्टँदा २५ वर्षीय ट्याक्टर चालक करण नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार ट्याक्टरमा सवार चालक नेपालीकी १९ वर्षीया श्रीमती सपना घाइते भएकी छिन् । घाइतेको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

ट्याक्टर दाँजेबाट राडीतर्फ आउने क्रममा सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

ट्याक्टर दुर्घटना परि एकको मृत्युु एक घाइते

सामूहिक राजीनामा दिएका १० रेफ्री मैदान फर्कन

ट्याक्टर दुर्घटना परि एकको मृत्युु एक घाइते

YUGAAWHAN NATIONAL DAILY (2078-8-017)

Leave a comment

Your email address will not be published. Required fields are marked *