सामूहिक राजीनामा दिएका १० रेफ्री मैदान फर्कन तयार

काठमाण्डौ : अखिल नेपाल फुटबल सङ्घ एन्फा र लिग फुटबलमा आबद्ध रेफ्रीबीच सहमति भएको छ ।

फिटनेस जाँचको विषयलाई लिएर लिग खेलाइरहेका १० जना रेफ्रीले हिजो सामूहिक राजीनामा दिएका थिए ।

लिग चलिरहेको बेलामा रेफ्रीको फिटनेस जाँच गर्ने एन्फाको निर्णय व्यावहारिक नभएको भन्दै उनीहरुले राजीनामा दिएका थिए । तर रेफ्रीका प्रतिनिधि र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबीच गएराति भएको छलफलमा रेफ्रीको फिटनेस जाँच लिगको विश्राम समयमा गर्ने सहमति भएसँगै रेफ्रीहरु मैदान फर्कन तयार भएका हुन् ।

अन्तर्राष्ट्रिय नियम अनुसार रेफ्रीले तीनरतीन महिनामा आफ्नो फिटनेस जाँच गर्नुपर्ने व्यवस्था छ ।

सामूहिक राजीनामा दिएका १० रेफ्री मैदान फर्कन तयार

मतदाता नामावली संकलन आजदेखि, आफू बसेकै ठाउँबाट

सामूहिक राजीनामा दिएका १० रेफ्री मैदान फर्कन तयार

ट्याक्टर दुर्घटना परि एकको मृत्युु एक घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *