मतदाता नामावली संकलन आजदेखि, आफू बसेकै ठाउँबाट पनि नाम दर्ता गर्न सकिने

काठमाण्डौ : निर्वाचन आयोगले छुटेकाहरुलाई आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न आग्रह गरेको छ ।

आजदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन गर्ने निर्वाचन आयोगले जनाएको छ ।

रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्लाबाहिर रहेका व्यक्तिले अरु जिल्लाबाट पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् ।

यसअघिको मतदाता नामावलीमा छुटेकाहरूलाई समेट्न आफू बसेकै ठाउँबाट नामावली दर्ता गर्ने व्यवस्था मिलाइएको हो ।

मताधिकारबाट वञ्चित नहुन मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले अनुरोध गरेको छ । आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका पालिकामा १० दिनसम्म मतदाता नामावली सङ्कलन हुनेछ । त्यस्तै, तराई र काठमाण्डौ उपत्यकाका पालिकामा १५ दिनसम्म चल्नेछ ।

१६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नेपाली नागरिकले मतदाता नामावलीमा नाम समावेश गर्न सक्नेछन् । आफ्नो स्थायी ठेगाना रहेको जिल्लाका निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गर्न मिल्ने आयोगले जनाएको छ ।

मतदाता नामावली संकलन आजदेखि, आफू बसेकै ठाउँबाट पनि नाम दर्ता गर्न सकिने

आज अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय

मतदाता नामावली संकलन आजदेखि, आफू बसेकै ठाउँबाट पनि नाम दर्ता गर्न सकिने

सामूहिक राजीनामा दिएका १० रेफ्री मैदान फर्कन

Leave a comment

Your email address will not be published. Required fields are marked *