घुयँत्राे:‘मर्ने बेलाँ हरियो काँक्रो’ : झलनाथले खोले नयाँ पार्टी, प्रचण्ड–माधवलाई पर्यो झट्का!

हाम्रा पूर्वजहरले त्यसै बना हैनन् के उखान टुक्का ! लामाे अनुभव र गरिएका ब्यबहारले ईङ्गित गरेकाे अभ्यासलाई हेरेर नै नेपाली समाजाँ उखानटुक्का बन्ने र तिनकाे प्रयाेग टुक्का सुहाउँदो व्यवहार कसैले गर्याे भने त्याे ब्यवहारका लागि ठ्याक्कै उखान टुक्का जाेडने चलन छ । हाे त्यै ब्यवहार ऐले झलनाथ खनालले गर्या देख्दा उनकाे ब्यवहारलाई हेरेर याैटा उखान याद आयाे त्याे के भने ” मर्ने बेलाँ हरियाे काँक्राे ” । उमेरले ८० काे डाँडाे काटि सके , शरीराँ पाटि हाँक्न सक्ने बल तागत छ छैन था छैन । फेरि याे मर्ने बेलाँ अर्को कमिनिष्ट पाटि खाेलेर यी कमिनिष्टहरु भष्टाचार गरेर र पाटि छाेडने,फाेडने र खाेल्ने कुराँ कैल्यै पछि नपर्ने भए । आफ्नै छँदा खाँदाकाे पाटि एमाल्याँ बसेर रसचुस्दा चुस्दा चुसेर नपुगेछि माओवादिका प्रचण्डका पछि लाए । एमाल्याँ बस्दाकाे जस्ताे माेज मस्ति र जुनबेला भन्याे त्यैबेला राज्या ढुकुटि खालि गरेर भएनि आैषधि उपचार देखि सर्प र घाेडा पाल्न सम्मका लागि ७२ लाख कुम्ल्याएछि सारै बदनाम भएर नि नथाकेका झलनाथ फेरि अरु ठालु भा काे पाटि हैन आँफै ठालुभाकाे पाटि चलाउछुँ भनेर लाग्या सम्चार सुन्दा मलाई मात्रै हैन अरुलाई नि अचम्म लाग्या हुन सक्छ । त्यसै त नेपालाँ कमिनिष्टहरु फुटन जान्या छैनन भनेर मान्छेले खिस्स्याउन जान्या छैनन ।अँझ भएन भनेर याे डाँडापारीकाे जुन भै सक्या मान्छेले के पाटि खाेल्या हाेला भनेर सामाजिक सन्जालाँ दाेहाेलै काटने हाेलान । हुन पनि त्यसै त यी नयाँ जेनजी भनाउँदा र तिनरकै सरकार कमिनिष्ट पाटि भनेछि लखेटै लाउन पर्छ भनेर कमिनिष्ट पाटि र तिनका नेता वलि र देउबाकाे खेदाे खन्दै हिँड्याछन । अनि यस्ताे बेलाँ बरु देशभरका कमिनिष्ट नेताहरु एक भएर याैटै कमिनिष्ट पाटि बनाएर गैर कमिनिष्टहरुसित लडने बेलाँ ” बेमाैशमकाे बाँसुरी बवाउँदै झलनाथ किन उम्ल्या हुन कुन्नि ? ओलिलाई सिध्याउन पर्याे भनेर भएभरका र आँफुले दबाउने सक्ने कमिनिष्ट पाटि जतिका नेताहरलाई अँठ्याएर जाेड्दा जाेड्दा २२ वटा जतिलाई त प्रचण्डले जालाँ हालेर पाटि एक हुँदैछन अब वलिलाई सिध्याउने खेलाँ लाग्ने हाे भन्ने बेलाँ फेरि त्यै हुलबाट उछिट्टिएर फुत्त बनईर निस्केर झलनाथले पाटि खाेल्या घाेषणा गरेछि बिचरा माधब र प्रचण्डलाई त चाेट पर्नैसम्म पर्या हाेला त ! उता वलि बा भने `बल्ल खायाै´मेरा बिरुध्द एक हुन्छम भनेर लाग्या तिमरका दिन पनि अब मेरै जस्ताे बनाउने भाे झलेले भनेर खिस्स्याउँदै छन । खासमा झलनाथलाई माधब र प्रचण्डकाे पाटि चलाई मन नपर्या र आफू त्याे पाटि छाेडने निर्णयमा पुगेनि अर्काे पाटि नखाेलेर वलितिरै जानू पर्ने हाे के ! हिजाेका दिनाँ जुन बेला पैशा माग्याे त्यै बेला वलिले सरकारी ढुकुटीयाट पैशा तानेर झलनाथलाई दिने र उनले तीनै रुपियाँ पैशाका आडाँ माेजमस्ति गरेर हिँडने, ऐले वलि समेत अप्ठ्याराँ पर्दा वलिथिम गा भा वलिनि कति खुशी हुँदा हुन । अब त्याे एक सदस्यीय खनाल पाटि हाेकि ? कमिनिष्ट पाटि हाे ,या एनजीओ दर्ता गर्या हाे थाहै नहुनेगरि जे एन काे पाटि खडा भएछि उनका नजिकका मान्छेलाई कति अप्ठ्यारो हुने हाेला ? उनका पछि नलागम् भनेनि नहुने लागम् भनेनि नहुने । जेएनकाे पाटिले चुनाबाँ जित्ने त कुराे त्यस्तै हाे पाटि अध्यक्षलाई बाेला मिटिङा उपस्थिति जनाउन पाउने भए । अनि कतै चिनजानकाे माडे या कमिनिष्टलाई सहयाेग गर्ने माडे रैछ भने यसाे बेलाबेलाँ हात थाप्न गयाे भने हाताँ केई हाल्देला । अन्यथा अब कमिनिष्ट पाटियाट बामदेब पत्ताए झैँ पत्ताउने भए झलनाथनि । याे देशका कमिष्टहरु यसरी नै सक्किने त हाेलान । अन्तमा झलनाथ र उनलाई मेराे तर्फाट दिने सान्ताेना र सहानुभूतिबाहेक केही छैन ।

घुयँत्राे:‘मर्ने बेलाँ हरियो काँक्रो’ : झलनाथले खोले नयाँ पार्टी, प्रचण्ड–माधवलाई पर्यो झट्का!

घुयँत्राे:‘मर्ने बेलाँ हरियो काँक्रो’ : झलनाथले खोले

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!