रुकुमपश्चिममा विधुतकाे केन्द्रीय लाईन विस्तार, गाँउ झिलीमिली, स्थानीयवासी खुसी

प्रचण्ड खत्री 

रुकुमपश्चिम । रुकुमपश्चिमका धेरैजसो स्थानिय तहका गाँउ-गाँउमा नेपाल विधुत प्राधिकरणको केन्द्रीय लाईन विस्तार भैसकेको छ । बाफिकोट गाउपालिकाको दुर्गम गाँउ मानिने वडा नम्बर ३ को सस्सुकाडामा १ महिना अगाडी मात्र केन्दीय प्रसारण लाईन पुगी बत्ति बलेको स्थानीय हर्कु ओलीले बताए ।

रुकुमपश्चिमका ६ वटा स्थानीय तह रहेका छन । ६ वटै स्थानीय तहका दुर्गम गाउमा लाईन पुगी सकेको बताइएकाे छ । आठबिसकोट नगरपालिकाको वडा १ खदिगाउमा तिहारमा बत्ति पुगी स्थानीयले उपभोग गरेको नगरप्रमुख गोर्खबहादुर केसीले जानकारि दिए । सदरमुकाम खलङ्गा देखि ५ कोष टाढा पर्ने बर्त्ति पुगेपछि त्यहाका स्थानीय अध्यारो मुक्त भएको र स्थानीय सरकार आएको आठबिसकोट नगरपालिका ३ स्थानीय हिमबहादुर बोहराको भनाई छ ।

रुकुमपश्चिमका धेरै जसो दुर्गम गाउमा लाईन विस्तार गरिसकेको र आगामी दिनमा काठका पोत विस्थापित गरि फलामका पोल स्थापित गराईने नेपालविधुत प्राधिकरण  रुकुमपश्चिमले बताएको छ । निषेधाज्ञाको बेला विधुतको काम धमाधम भैरहेको प्राधिकरणका कार्यालय प्रमुख त्रिलोचन भटराईले बताए ।

बाफिकोट, त्रिवेणी र सानीभेरी  गाउपालिकामा १०/१० वडा रहेका छन ।  आठबिसकोट, चौरजहारी र मुसिकोट नगरपालिकामा १४/१४ वटा वडा रहेका छन । यी सबै गाउँपालिका र नगरपालिकामा केन्दीय लाईन पुगी सकेको स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुकाे भनाइ रहेकाे छ ।

बाफिकोट गाउँपालिका वडा नम्बर ३ मा स्यार्पुदहमा रहेको २ सय किलोवाटको जलविधुत रहेको छ । यसलाई स्यार्पुदह साना जलविधुत केन्द्रको नामले परिचित छ । यस केन्द्रले बाफिकोट गाउपालिका सबै वडा र मुसिकोट नगरपालिका केहि वडामा विधुत धानेको बताईन्छ । यस केन्द्र विधुत प्राधिकरणको स्वामित्वमा रहेको छ ।

रुकुमपश्चिममा विधुतकाे केन्द्रीय लाईन विस्तार, गाँउ झिलीमिली, स्थानीयवासी खुसी

खरिदमा अनियमितताको आशंका अक्सिजन प्लान्ट संचालन भएनन्

रुकुमपश्चिममा विधुतकाे केन्द्रीय लाईन विस्तार, गाँउ झिलीमिली, स्थानीयवासी खुसी

कर्णालीमा एकै दिन ५३० जना डिस्चार्ज हुदाँ

Leave a comment

Your email address will not be published. Required fields are marked *