कर्णालीमा एकै दिन ५३० जना डिस्चार्ज हुदाँ ६ जनाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको २९४ जनाको आरटी पीसीआर परीक्षणमा १३५ जनामा संक्रमण पुष्टि भएको छ ।

५८० जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणमा भने थप १४५ जनामा पुष्टी भएको हो । योसँगै पछिल्लो २४ घण्टामा २८७ जना आइसोलेसनमा संक्रमित थपिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ६ जनाको कोरोना संक्रमणबाट मृत्युभएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको निर्देशनालयले जारी विज्ञप्तीमा उल्लेख छ ।

कर्णालीमा हालसम्म १७ हजार ८ सय ५२ जनाले कोरोना संक्रमण जित्दा पछिल्लो २४ घण्टामा मात्रै थप ५३० जना डिस्चार्ज भएका छन् । हाल कर्णालीमा सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ८० पुगेको छ ।

कर्णालीमा एकै दिन ५३० जना डिस्चार्ज  हुदाँ ६ जनाको मृत्यु

नेपालको लक्ष्य एसियन कप छनौटमा रहिरहने

Leave a comment

Your email address will not be published. Required fields are marked *