समर्थन फिर्ता लिन नसक्ने, अनि सरकार फेर्ने गुञ्जायस किन? : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहका नेता विष्णु रिजालले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म सरकार परिवर्तनको कुराले अर्थ नराख्ने टिप्पणी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्रीको राजीनामा मान्ने र सरकार गठनका लागि पहल गर्ने’ नेपाली कांग्रेसको निर्णय पार्टीभित्रको दबाब मत्थर पार्न र सार्वजनिक खपतबाहेक केही होइन ।

किनभने, अहिले सरकार परिवर्तनका सन्दर्भमा कांग्रेस मुख्य खेलाडी नै होइन ।’ सरकार परिवर्तनको मुख्य खेलाडी कांग्रेस नभएर जसपा भएको बताएका छन्। जसपासँग बलमा भइरहेको बेला कांग्रेसले जति प्रयत्न गरे पनि गोल गर्न नसक्ने दाबी गरे।

विष्णु रिजालको टिप्पणी : कांग्रेस र माओवादीले ओलीको राजीनामा मागेको सुन्दा उदेक लाग्छ

‘नेपाली कांग्रेसको निर्णय पार्टीभित्रको दबाब मत्थर पार्न र सार्वजनिक खपतबाहेक केही होइन । किनभने, अहिले सरकार परिवर्तनका सन्दर्भमा कांग्रेस मुख्य खेलाडी नै होइन। बल जनता समाजवादी पार्टीसँग छ र जसपा चाहिँ प्रधानमन्त्रीसँग सघन सम्वादमा छ’ उनले लेखेका छन्, ‘त्यसैले जसपासँग बलमा भइरहेको बेला कांग्रेसले जति प्रयत्न गरे पनि गोल गर्न सक्दैन ।’

‘फेरि त्यही प्रश्न आउँछ: माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, कांग्रेसले बहुमत जुटाएर अविश्वास प्रस्ताव ल्याउन नसक्ने बेलासम्म सरकार परिवर्तनको गुञ्जायस कसरी रहन्छ?’ उनले लेखेका छन् ।

https://www.facebook.com/bishnu.rijal/posts/10226552909435698

समर्थन फिर्ता लिन नसक्ने, अनि सरकार फेर्ने गुञ्जायस किन? : विष्णु रिजाल

ओली सरकारले नैतिक र राजनीतिक आधार गुमाइसक्यो

समर्थन फिर्ता लिन नसक्ने, अनि सरकार फेर्ने गुञ्जायस किन? : विष्णु रिजाल

‘सेक्स हर्मोन’ को कमिले पुरुषमा देखिन्छन् यस्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *