राहुलले भारतको कप्तानी गर्ने सम्भावना

काठमाडौं । न्यूजिल्यान्डविरुद्धको टी–ट्वान्टी क्रिकेट श्रृङखलाका लागि केएल राहुल भारतीय क्रिकेट टिमको कप्तान बन्ने सम्भावना रहेको छ ।

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटपछि विराट कोहलीले कप्तानी छाड्ने निश्चित भईसकेको अवस्थामा राहुल कप्तान सम्भावना बढेको हो ।

विश्वकपपछि अधिकांश खेलाडीहरु विश्राममा जानेभएका कारण पनि राहुलले कप्तानीको जिम्मेवारी पाउने भारतीय संचार संस्था एएनआईले श्रोतलाई उदृत गर्दै जनाएको छ ।

सिनियर खेलाडीहरु विश्राममा जाने हुनाले राहुल कप्तान बन्ने लगभग निश्चित भएको बताइएको छ । न्यूजिल्यान्डले तीन टी–ट्वान्टी र दुई टेस्टका लागि भारतको भ्रमण गर्नेछ ।श्रृङखला १७ तारिखबाट सुरु हुनेछ ।

राहुलले भारतको कप्तानी गर्ने सम्भावना

कर्णाली करिडोरमा पाँच पुल बन्ने

राहुलले भारतको कप्तानी गर्ने सम्भावना

१३ लाखले गरे छुटमा कम्पनी विवरण अद्यावधिक

Leave a comment

Your email address will not be published. Required fields are marked *