‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुँदै

काठमाडौं : चर्चित हास्य टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ। डेढ वर्षभन्दा अघिदेखि प्रशारण हुँदै आएको कार्यक्रम आउने सातादेखि बन्द हुने भएको हो।

कार्यक्रमका प्रस्तोता तथा निर्देशक जितु नेपाल ‘मुन्द्रे’ले केही समय विश्राम चाहिएको र अर्को नयाँ कार्यक्रमको तयारीका लागि मुन्द्रेको कमेडी क्लब बन्द गर्ने योजनामा रहे पनि फुलन्देकी आमाको नामले चर्चित कलाकार उमेश राईले अर्को कार्यक्रममा पनि होस्ट गर्ने भएपछि कार्यक्रम सोचेभन्दा पहिले बन्द गर्नु परेको बताएका छन्।

मुन्द्रेको कमेडी क्लब पछिल्लो समयको चर्चित पारिवारिक हास्य टेलिभिजन कार्यक्रमको रुपमा चिनिन्छ। यसका दर्शक टेलिभिजनमा मात्र नभएर युट्युबमा पनि उल्लेख्य छन्।

हास्य टेलिसिरियल जिरे खुर्सानीबाट मुन्द्रे नामले चर्चित भएका जितुले केही वर्ष सक्रिय रुपमा फिल्ममा काम गरेपछि मुन्द्रेको कमेडी क्लब सुरु गरेका थिए।

‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुँदै

कार्टुन

‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुँदै

चालक अनुमतिपत्रको अनलाइन आवेदन सेवा अवरुद्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *