आफूखुशी स्वास्थ्य संस्था मर्ज गरेको भन्दै मुद्दा

सुर्खेत । आफूखुसी स्वास्थ्य संस्थालाई मर्ज गरेको भन्दै कर्णाली प्रदेश सरकार विरुद्ध उच्च अदालत सुर्खेतमा मुद्दा दर्ता भएको छ ।

साविकका जिल्ला अस्पताल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुलाई जनस्वास्थ्य सेवा कार्यालय मातहत मर्ज गरेको भन्दै नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज र मेडिकल ल्याब्रोटरी एसोसिएसन अफ नेपाल कर्णाली प्रदेशका अध्यक्षले बुधबार मुद्दा दर्ता गराएका हुन् ।

विभेदपूर्ण तरिकाले खर्च कटौती गर्ने बहानामा प्रदेश सरकारले २०७६ भाद्र ५ र ६ गते साविकका जिल्ला अस्पताल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई जनस्वास्थ्य सेवा कार्यालय मातहत मर्ज गरेको थियो । स्वास्थ्य सम्बद्ध कार्यालयहरुलाई कर्णाली प्रदेश बाहेकका प्रदेशमा स्वतन्त्र रुपमा रहेको र प्रदेश सरकारले फरक–फरक विधाका स्वास्थ्य संस्थालाई खर्च घटाउने नाममा मर्ज गर्दा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा धरासायी भएको भन्दै अदालतमा मुद्दा दर्ता गरिएको बताइएको छ ।

मर्ज विरुद्ध बेला–बेला स्वास्थ्य सम्बद्ध विभिन्न ट्रेड युनियनहरूले संयुक्तरुपमा विज्ञप्ति मार्फत स्वास्थ्य क्षेत्रमा देखिएको समस्या तत्काल समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएकाले बाध्य भएर अदालतको बाटो रोज्नु परेको आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशका अध्यक्ष दीपेन्द्र कँडेलले बताए । ‘प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीहरुले विभिन्न पीडाहरु भोग्न बाध्य छन्,’ उनले भने , ‘प्रदेश सरकारबाट स्वास्थ्यकर्मीप्रति गरिएको विभेदपूर्ण व्यवहारले हैरान हुँदा समेत जवाफदेही भएन ।’

आफूखुशी स्वास्थ्य संस्था मर्ज गरेको भन्दै मुद्दा

YUGAAWHAN NATIONAL DAILY (2077-12-20)

आफूखुशी स्वास्थ्य संस्था मर्ज गरेको भन्दै मुद्दा

दाङका प्रजिअ र एसपीकै मिलेमतोमा बन्द गरिएका

Leave a comment

Your email address will not be published. Required fields are marked *