खोला : कविता

कौशिला अधिकारी/सुर्खेत

गडयाङगुडङ पञ्चै बाजा बजाई सललल बगिरहने खोला
वर्षातको झरी सङगै रातो पहेलो भई वारपार बगिरहने खोला

बाह्रै महिना एकनास पबित्र स्वच्छ गंगा बगिरहने खोला
रातमा सुसेली हाली सु्स्केरामा रमाई रहने खोला

ढुङगा मुढासँङग नाच्दै रमाउदैँ निश्चल बगिरहने खोला
बाढी पहिरो आउदा उफ्री उफ्री खुसी भई रमाउने खोला

खेतीपाती सिचाँई गरि हराभरा हरियाली बनाई रहने खोला
मिल चलाउने बिजुली निकाली गाउँ झिलीमिली बनाउने खोला

प्रकृतिको कोखमा जन्मी प्रकृतीमै रमाउने खोला
सबै प्राणीको इच्छा रहर प्यास मेटाउने खोला

माछालाई पालन,पोषण गरी हुर्काउने खोला
बोट बिरुवा मलजल गरी फलाइ फूलाई दिने खोला

स्वच्छ सफा दुई हातको अजौलिले पानी पिउन मिल्ने खोला
कुलो,नहर बनाई रोपाई गरी सिँचाइ गर्न मिल्ने खोला

चैत बैशाखमा पौडी खेली साथि सङ्गि रमाउने खोला
भैंँसी चराउन लगि छालमा बसाल्न मिल्ने खोला ।।

Leave a comment

Your email address will not be published. Required fields are marked *